• झापा । झापा बुधवारेका अतुल प्रसाईले नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । बुधवारे जेसीजका पूर्व अध्यक्ष प्रसाई वर्ष २०१७ का राष्ट्रिय उपाध्यक्ष हुन् । राष्ट्रिय उपाध्यक्ष भएको समयमा गरेको कामको आधारमा पाएको हौषलाले आफुले कार्यकारीणी उपाध्यक्षमा उम्मेदवार दिएको प्रसाईले बताउनु भयो ।
    ‘दैनिकी सयौँको संख्यामा विदेशीने युवाहरुलाई जेसीजले रोक्न सक्नु पर्छ’ प्रसाईले भन्नु भयो–‘जेसीजको माध्यमबाट आम युवाहरुलाई रोजगारमुखी र व्यवसायमुखी बनाएर अहिलेको विदेशिने युवाहरुको जमातलाई यहि नेपालमा केही गर्न सक्ने सक्षम युवा बनाउन जरुरी छ । उनीहरुलाई यहि रोजगारको अवसर दिनु पर्छ ।’
    ‘युवा अवस्थाको उर्वर शक्ति विदेशमा छ’ प्रसाईले भन्नु भयो–‘यसलाई न्यूनिकरण गर्नका लागि नेपाल सरकारसँग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु अघि सारी जेसीजले युवाहरुलाई व्यवसायी बनाउँदै लैजानु पर्छ । त्यसमा म आफु पनि लाग्नेछु ।’
    हक्कि स्वभावका प्रसाईले नेपाल जेसीजमा अझै थुप्रै कुराहरुको सुधार गर्नु पर्ने बताउँदै महाधिवेशनको समयमा नेतृत्व परिवर्तन मात्र होइन नीति र विधानको विषयलाई जोडतोडले उढाउनु पर्ने बताउनु भयो ।
    आफुले क्षेत्र ‘ग’ को निरुपित उपाध्यक्ष हुँदै गर्दा त्यस क्षेत्रमा गरेका सुधारका कामहरु नै मेरो अघि बढ्न् आधार रहेको बताउनु भयो । उहाँले त्यस समयमा राष्ट्रिय अध्यक्षले ल्याएको थिमलाई एरियामा एक्लौटी बनाउनु पर्ने, आफ्नो एरियमा भएका विभिन्न मुद्धाहरुलाई सहज रुपमा समाधान गरेका, सबै शाखाहरुको सचिवालय निर्माणलगायतका कामहरु गरेको बताउनु भयो ।
    २०१२ मा कपन जेसीजबाट जेसीज अभियानमा होमिनु भएका प्रसाई त्यस शाखाको संस्थापक उपाध्यक्ष हुन् । २०१३ मा कार्यकारीणी उपाध्यक्ष हुनु भएका प्रसाई आफ्नै गृह जिल्लाको आफ्नै गाउँमा बुधवार जेसीजको स्थापना भएपछि झापा आउनु भएको थियो । २०१४ मा बुधवारे जेसीजको महासचिव, २०१५ मा अध्यक्ष हुनु भयो । २०१६ मा क्षेत्र ‘क’ तालिम सदस्यको जिम्मेवारी पाउनु भएका उहाँले २०१७ मा धापसीमा भएको महाधिवेशनबाट राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…