१९ कार्तिक २०७४ By:Ratokalam
पुर्बी नेपाल,उत्तरी मोरङको वारङी गाबिसमा पर्ने एक प्रसिद्ध नाम हो धार्मिक बराहक्षेत्र धाम (मन्दिर ) यो उक्त गाबिसमा अवस्थित छ हरेक बर्ष कार्तिक वा मङ्सिर को पहिलो हप्ता पुर्णिामाको अवसरमा बराह जि मेला ( बजार ) लाग्ने गर्छ !सोही अवसरमा विभिन्न क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनहरु दर्शनको लागी आउने गर्छ , यानिकी दर्शन गरिसके पछि अधिकांस दर्शनार्थीहरुको आफ्नो माग,इच्छाएको पुराहुने धार्मिक बिश्वास समेत गर्ने गर्छ !
सो बराह पुर्णिामा मेलाको अवसरलाई मध्यनजर गर्दै उक्त मन्दिर क्षेत्रलाई पर्यटकियक्षेत्र बिकासको लागि स्थानीय युवाहरुको सक्रियतामा गतबर्ष प्रथम सांगीतिक कार्यक्रमको आयोजना गरेकोथियो भने यो पालि त्यसो हुन नसकेको स्थानीय युवाहरु बताउछन् ।
मुख्यत स्थानिय चुनावमा एउटा समुह विजय हुनु र अर्को समुह पराजय हुनुमा पनि एस्पाल सांगीतिक कार्यक्रमको आयोजना हुननसकेको जानकारहरु बताउछन । यद्दपि सांगीतिक कार्यक्रमको आयोजना हुननसके पनि गाउँ स्तरीय खुल्ला भलिबल नक्काउट ग्यामकोआयोजना रहेको र प्रथम रु ,३०००० /-दोस्रो रु,२००००/-तेस्रो रु,१००००/-गरि पुरस्कृत गरिने पूर्वअञ्चल भलिवल खेलाडी देबेंन चेम्जोङ्ले बताए /