• देबु बानियाँ

    झापा । विराटनगर जुनियर जेसीजको आयोजनामा भएको अन्तर विद्यालय टेस्टी टेस्टी हाजिरीजबाफ प्रतियोगिताको उपाधी लिटल फ्ल्लावर्सले चुमेको छ ।
    विराटनगरस्थित विरेन्द्र सभागृहमा शुक्रवार भएको फाइनल प्रतियोगितामा ५ वटा प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै लिटलले उपाधी माथि कब्जा जमाएको हो । उपाधीसँगै पल्ल्लावर्सले नगद १५ हजार, ट्रफी र प्रमाण पत्र पाएको छ । प्रतियोगितामा सगरमाथा माविले दोस्रो स्थान हासिल ग¥यो । उसले नगद १० हजार, ट्रफी र प्रमाण पत्र पायो । एभरेष्ट स्कुलले प्रतियोगितामा तेस्रो स्थान भएको थियो । उसले नगद ५ हजार सहित ट्रफी र प्रमाण पत्र पायो ।
    प्रतियोगितामा विजेता विद्यालयलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, काभ्रा गु्रपका म्यानेजीङ डाइरेक्टर श्याम काभ्रा र नवलकिशोर काभ्रा, विराटनगर जेसीजका पूर्व गोपाल गुप्ता, इन्द्र खेतान, टिपि आचार्य, प्रज्वललाल श्रेष्ठ, देवेश प्रधान, जुनियर जेसीजका राष्ट्रिय संयोजक अभिनाष थापा, विराटनगर जुनियर जेसीजका अध्यक्ष मिलाप कर्णले पुरस्कार वितरण गर्नु भएको थियो ।
    विहिवार सम्पन्न सेमीफाइनल प्रतियोगिताबाट छ वटा विद्यालय फाइनल चरणका लागि छनोट भएका थिए । जसमा विजेता ३ सहित गेम्स इन्टेल, विकेभीएम र शहिद स्मृति स्कुल फाइनलमा प्रतिस्पर्धा गरेका थिए । विराटनगर जुनियर जेसीजको हरेक वर्ष हुने यस प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका ३६ वटा विद्यालयले सहभागिता जनाएका थिए । जस अनुसार पहिलो चरणमा १२ वटा विद्यालय, दोस्रो चरणमा ६ वटा विद्यालय छनोट हुँदै फाइनलमा ३ वटा विद्यालयले पुरस्कार जितेका छन् ।
    १७ गतेबाट सुरु भएको प्रतियोगिताको मुख्य स्पोन्सरको रुपमा काभ्रा ग्रुप रहेको अध्यक्ष कर्णले बताउनु भयो ।
    सांगितिक प्रस्तुती सहित भएको उक्त प्रतियोगिता हेर्नका लागि सभाहलमा करिब     ७ सय को संख्यामा सहभागि भएका थिए । विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यका साथ गरिदैँ आएको यो प्रतियोगिता विराटनगरको उत्कृष्ट र चर्चित कार्यक्रम मध्येको एक हो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…