२१ कार्तिक,२०७४ (मंगलबार) जबजब निर्वाचन आउँछ किसानले पेन्सनको आश्वासन पाउछन,जब जब निर्वाचन आउँछ बृद्दहरुले लठठी पाउने आश्वासन पाउँछन्।जब जब निर्वाचन आउँछ जनताले नेतालाई नजिकै बाट देख्न पाउँछन्। जब निर्वाचन समाप्त हुन्छ, राजनितिको एउटा दलले जित्छ, किसानका पेन्सन ,बृद्दका लठ्ठी स्मार्ट सिटी जस्ता बन्दछन,नेता जनताको दुरि चन्द्रमा र पृथ्वी जतिकै दुर हुन थाल्दछन । आखिर कहिलेसम्म झुटको भाषण नेता ज्युहरु,राजनितिक दलका साथिहरु भनेर मनमनै प्रश्न गर्न मन लाग्छ। यहाँनेर कोहि न्याय नपाएर उन्मुक्तिको चीत्कार गर्दा यी राजनितिक भाषण गर्ने नेताहरु बेखबर र मौन रहन्छन भने राजनितीलाई जनताको आखामा छारो हान्ने माध्यम नबनाइयोस भनेर बिनम्र अनुरोध गर्न मन लाग्छ,हाम्रो राजनितीलाई प्रति प्रश्न गर्न मन लागिरहन्छ। प्रिय देश बनाउने जनता खुसी पार्ने घोषणापत्रका प्यारा लेखकहरु,भ्रमको नौटङ्की छर्ने रचनाकारहरु ,आजसम्म जनता झुट पचाउथें, अब त झुटको पहिचान गर्ने चेतनास्तरको विकास हुदैछ जनतामा भने राजनितिले ढाट्न डराउने कि साचो बोल्न सिक्ने? हिजो धेरैलाई ढाट्यौ,त्यही झुट र ढांटका कारण ५० लाख युवा शक्तिको विषयमा हाम्रो राजनितिले किन सोच्न सकेन?किन हाम्रो राज्य नीति जनतालाई नाम लिएर बोलाउने मात्रै क्षणिक भोटको शिकारी बन्यो ?? भनेर देशैभर उम्मेदवारी दर्ता गराएर भाषण ठोक्ने,विकासका बाक्सा बोकेर गाउँ नगरलाई आधुनिक शहर बनाउने भनेर चुनावी प्रचार गर्ने साथिहरुलाई सोध्न चाहन्छु कि विकासको बाक्सा स्मार्ट सिटि जस्तो नबनोस। कदापी झुटको पीडा जनताले बेहोर्नु नपरोस,जनता/जनार्दनलाई नझुक्याइयोस,हजारौं हजार पटक हजारौं कलमहरुले लेखे,हजारौं सहिदहरुको रगतले लेखे, त्यो सबै झुटको राजनितिक विरासत अन्त्यको लागि थियो कि भनेर आजका नेताहरुले सोचुन भनेर हामिले कतिपटक ध्यानाकर्षण गराउने?? आज हामी संसारका गरिब राष्ट्रहरुको सुचिमा छौं, तर हामिलाई ढाट्ने हाम्रो राजनितिले परनिर्भरताको महाप्रसाद पस्किरहयो, भाषणले पनि ठगिरहे, झुटहरुका शासनहरुले पनि लुटिरहे ,अब हामी झुटको दुश्मन र लुटको अप्रिय पात्र बन्ने छौं,त्यसैको अर्थ हुनेछ जनता र जनार्दन । अनि यिनिहरु बिचका गुटबन्दी र फुट बिरुद्द हामिले विद्रोह गर्नुपर्ने दिनहरु थिए इतिहासमा अब त्यस्तो झुट नहोस,एक पटक बाम गठबन्धनलाई भोट दिनुहोस भनेर जनता जनार्दनलाई मात्रै होइन आफ्नै नातेदारहरुसग मत माग्नुहोस। तिक्ततालाई लात हानेर एकताको मनलाई जोड्ने प्रयत्न गर्नुहोस।स्थायी सत्ताको स्थापना पछि उक्त सरकारले संसदीय व्यवस्थाको राग अप्रिय ढंगले अलाप्यो भने त्यतिबेला नेकपाका महासचिव नेत्र विक्रम चन्द कमरेड विप्लवले भने झैं यो संसदीय भासको बिरुद्द हामिले बन्दुक बोक्ने हो। के थाहा अहिले नै संसदीय भास गलत हुन्छ भनेर?कसरी विश्लेषण गर्ने? पहिला यो इतिहासको अन्तिम निर्वाचन या नया इतिहसको अध्यायको आरम्भ त्यो त हाम्रो धैर्यताले बाधेर राख्नपर्ने समय भएको छ, यतिबेला सम्पूर्ण कम्युनिष्ट शक्तिहरु विच गोत्रीय एकीकरण जरुरत छ । छिटपुट अन्तरविरोधहरुलाई सामान्य बनाउदै हामिले यसपटक गर्ने विश्वासलाई ऐतिहासिक बनाउनुछ ,अब पनि झुटकै साम्राज्य खडा भयो भने आज हामिलाई एउटा क्रान्तिकारी बनाउन जति कठिन छ अबको निर्वाचन पछि आजको विश्वास तोडियो भने ५० लाख क्रान्तिकारी युवा शक्तिले एकैपटक देशैभर बाट धावा बोल्नेछ। त्यतिबेला संसदीय भास गलत र कमरेड विप्लवको अभियान सहि ठहर्नेछ। असमन्जस्यता र तिक्तताहरुलाई कति पालन पोषण गर्ने?अब त हामी ब्युझने युगको सुत्रपात भएको छ ,अब हामिले जनताको विश्वास होइन जनताको खुसी हेर्नुछ,पलायनको न्युनिकरण र समृद्दी/आत्मनिर्भर राज्यको परिकल्पनालाई साक्षातकार बनाउनु छ त्यसपछी मात्रै हाम्रा अन्तरविरोधहरु जोडिन थाल्नेछन र समस्या समाधानको बाटो निर्माण गर्नेछन। दुनिया आफू बलियो भएर सारा ब्रह्माण्डलाई चुनौती दिन लागिरहेको बाहिय तस्वीर हेर्दा हामी हाम्रै आङ कन्याइको छारोले छोपिने परेको सत्यलाई मनन गर्दै अनेकतामा एकता र त्यसपछिको हाम्रो स्थापित नया राज्यको क्रियाकलापको अन्तिम परीक्षा कुर्नेसम्म हामी किन तालमेल नगर्ने?हामी किन बाम एकता नगर्ने अनि हामी किन प्रतिपक्षी र बिपक्षी बन्ने ?? यद्यपि यो हाम्रो नेपाल कुनै कांग्रेस ,कम्युनिष्टको मात्रै नभए पौने चार करोड आम नेपालीको नेपाल बनाउने जगमा हामी र हाम्रो एकता भएन भने आशंकाको भिरबाट हामी गुल्टिरहने छौ,शंकास्पद विमानहरु दुर्घटना हुन थाल्नेछन। यो देशमा चाहे एमाले होस,चाहे कांग्रेस होस,चाहे माओवादी ,मसाल या प्रजातान्त्रिक विश्वास बेचेर नाफाको राजनिती गर्ने पन्चेहरु हुन ,सबैको मन नेपाल बनाउने हुनुपर्छ,अप्ठ्य ारो परिस्थितिको खोचें थापेर जुनसुकै दल,तह र तप्का आउँछ भने त्यसलाई कानुनी उपचारको व्यवस्था राज्यले गर्नुपर्छ। एउटा ब्यक्तिलाई कानुनले किच्ने र एउटा दल जो राजनितिलाई पेशा बनाएर शक्तिको धङधङी मच्चाउछ उसलाई छुट हुने खालको कानुनको शुद्धीकरण राज्यले गर्नुपर्छ।यहाँ दुई तिहाइ भनिन्छ कारण ठुला मान्छेको अपराधलाई कसैले टच गर्न नसकोस भनेर न हो,यस्ता दुई तिहाइको बहानाले जन्मेको हो कमरेड संसदीय भास ,यसैले पनि कानुन अपुरो र अधुरो छ।राजनिती हरेक अप्ठ्याराहरु जोड घटाउमा असजिलो अवस्थाको आन्दोलन उजागर गर्ने ज्यामितिय शैलीले बनेको हुदोरहेछ र त हामिले यहाँ बलिदानी बेहोर्नुपर्छ,सहादत्त खेप्नुपर्छ,चम्चाहरु देख्नुपर्छ अनि धोखेवाज बिरुद्द आक्रोशको नाङ्लो निफन्नुपर्छ। यी सबै अन्तरविरोधहरुको निकास देशभक्त मनहरुको एकीकरण बाट मात्रै सम्भव हुनेछ र नेपाल र नेपालीले आफु नेपाली भएकोमा गौरब गर्न पाउन । यहाँ त कोहि माओवादी भएकोमा गौरब गरेका छन,कोहि एमाले भएकोमा गौरब गरेका छन,कोहि कांग्रेस हुनुमा गौरब गरेका छन त कोहि निषेधको राजनितिलाई गौरब गर्दैछन ,कोहि आरोप र प्रत्यारोपको खेती गरिरहेका छन ,कोहि शक्ति प्रदर्शन गर्दै जनयुद्धका मुद्दाहरु उल्ट्याउदै छन,यस्तै जटील परिस्थितिमा बाम एकता प्रयास भएको छ।यो प्रयासले सबै नेपालीहरुको एकता गरोस,यहाँ कोहि आफ्नो गौरब बाट दुखी हुनु नपरोस, बरु आफ्नो देशको गौरबले साम्राज्यवाद र विस्तारवादलाई औला ठडाउन सकियोस अनि पो हामिले नेपालको सगरमाथा बाट विश्व सन्देश पस्किन पाउनेछौं। यो देशमा समाजवाद स्थापना भयो भने कांग्रेसले हेपिनुपर्ने छैन,कमल थापाका नातिनातिनाहरुले चेपिनुपर्ने छैन,सहिदको छोराले अरुको भन्दा धेरै स्वाद चाख्न पाउने होइन,समाजवाद त आम नेपालीलाई बरावर समृद्दिको ज्योतिले स्पर्श गर्ने राज्यव्यवस्थाको खाका हो भनेर आम जनताले एकपटक विश्वासलाई समर्पण गर्दै दीर्घकालीन सत्ताको स्थापनामा नलागे जनता जनार्दन आगो हुन बाध्य हुनेछन र नेपालका राज्यसत्ताका सिंहदरबारहरु जल्न थाल्नेछन। अब हामिले गहिरो मनन गर्दै समृद्द नेपाल,समाजवादको विश्व सन्देश पस्कदै गरेको नेपाल ,सारा नेपालीहरुको खुसी भरिएको नेपाल बनाउन तिर हामी लाग्यौ भने पुरै जनता यो विश्वको लागि संसारकै शक्तिशाली प्रक्षेपण जस्तो बन्नेछ अनि हामी र हाम्रो सार्वभौमता सुरक्षीत भएको पाउने छौं,हाम्रो नेपाली युवा शक्ति सम्पन्न भएको पाउनेछौं। हाल हामी भारत गयौं भने भारतीयहरुले बहादुर भनेर कलिङ गर्ने गर्छन ,हामी कसैको भान्छाको बहादुर बन्नु नपरोस,हामी खाडिको कामदार बन्नु नपरोस,हामी हेपिनु र चेपिनु नपरोसको आवाज बुलन्द गर्न हाम्रा मनहरुको एकताको प्रयास र तिक्तकाको अन्त्य गर्न हामी लाग्नै पर्छ।पारिवारिक अशान्तिले घर नरक भए झै देशै नरक भयो भने त्यो विडम्बनाको सिकार हाम्रै कलिला पुस्ताहरु हुनेछन। हामी र हाम्रा बाझिएका राजनीतिक मुद्दाहरुबारे गहिरो बहस हुनु जरुरी छ।हाम्रा अन्तरविरोधहरुको निराकरण बिना हामिले हाम्रो सपनालाई सार्थक भएको देख्न पाउने छैनौं। जब हामी र हाम्रो देश नेपाल समृद्द भएको हामिले देख्न पाउनेछौं त्यतिबेला हामी आजको परिस्थिति जस्तो राजनितिक लेख,राजनितिक रेडियो र समाचार तिर समय खर्च गर्न भ्याउंदैनौं, ,हामी हाम्रा पेशा र व्यावसायहरुमा व्यस्त हुनेछौं । मानव इतिहासको बिकासको यो बैज्ञानिक युगमा हामी १६ औं लुइको शताब्दी जस्तो भएर बस्नु पर्दैन थियो।परनिर्भरताका ज्वालाहरुले हामिलाई जलाउने थिएनन,परनिर्भरत ाको जहाज चढेर खाडिको आगोमा जल्न जाँदै गरेको हाम्रो युवाको बिदाइमा हामिले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा आँसु खसाल्नुपर्ने थिएन भने आर्यघाटमा खाडी बाट आएको काठको बाक्सा देखेर परिवार heart attack भएर मरेको दृश्य देखिने थिएन।यी सबै विडम्बनाका सर्जक हामी र हाम्रा भुलहरु हुन,अनुविश्वासहरु हुन र हाम्रा छनौटहरु नै यसका दोषीहरु हुन भनेर विश्लेषण गर्न चाहन्छु । अब पनि हामी बेलैमा ब्युझिएनौं भने,सचेत रहेनौं भने हामी हाम्रो आफैसग गायव हुनुपर्ने परिस्थितिले खेदी नै रहनेछ। हामिले अन्तिम पटक संसदीय भासलाई स्थान दिउं के कस्तो प्रकाश् छर्छ यसले?यो राजतन्त्र जस्तै प्रतिगमन जस्तै भयो भने त्यतिबेला संसदीय भासको सफाया गर्न आजको जस्तो एउटा क्रान्तिकारी खोज्न गार्हो पर्दैन,देशैभरका जनता उठ्नेछन र संसदीय भासको खरानी बनाउनेछन यद्यपि यो संसदीय व्यवस्था घातक सिद्द भयो भने……… राजनीतिमा धैर्यताको बाध टुट्यो भने अप्रिय घटनाहरु घट्न थाल्नेछन,त्यस्ता घटनाहरूको जिम्मा लिन नसक्ने फितलो राज्यव्यवस्था अन्त्य र मजबुत राजनितिक सत्ता स्थापित नेपाल बनाउनको लागि ,हरेक नागरिकको गास,बास,कपास मात्रै क्रान्ती होइन त्यो त आधारभुत आवश्यकता हो।अब हामी त्यहा भन्दा माथी उठ्ने किसिमको समृद्द राष्ट्र नेपालको निर्माणका लागि एकजुट हुनु पो पर्छ,नभई पनि विकल्प अरु केही हुनेछैन भन्दै एक पटक यो निर्वाचनमा समृद्दी पक्षधर,क्रान्तिकारी र गठबन्धनको पवित्र साठगांठलाई समर्थन गरौ भन्दै यी हरफहरुलाई यहि अन्त: गर्दछु ।नमस्कार ,लालसलाम जय देश,जय जनता जनार्दन ,फ्याफुल्ला,जोजोलोपा
लक्ष्मण चौलागाईं -मेलम्ची नगरपालिका,-१; भोटेचौर,सिन्धुपाल्चोक -हाल-काठमाडौं ,नेपाल ।