• झापा । झापाको भद्रपुर एयरपोर्टमा नेपाल आइडलका टप ४ मा पुगेका सुमित पाठकले अस्मिता अधिकारीलाइ अपमान गरेको भन्दै सामाजिक सञ्जालमा चर्काे रुपमा आलोचना भएको छ ।

    समर्थकहरुको भिडमा एउटा गाडिमा चढेकी अस्मितालाइ सुमितले नै हाम्रो समर्थकको गाडिमा किन चढेको भन्दै कड्किएको भिडियो सार्वजनिक भएको छ । त्यसपछि अस्मिता अर्कै गाडिमा चढेकी थिइन् । उनका लागि पनि समर्थकहरुले गाडि लगेका थिए । तर अस्मितालाइ जुनमा चढ्दा पनि हुन्छ होला भनेर चढेकी थिइन् ।

    सुमितको ब्यवहारले उनकै समर्थकहरुलाइ लज्जित बनाएको भन्दै आलोचना हुन थालेको छ । एउटै जिल्लाको र संगै प्रतिस्पर्धा गरेको अवस्थामा यस्तो कार्यले सुमितलाइ हेर्ने दृष्टिकोण समेत परिवर्तन भएको छ ।

    अस्मिता कमल गाँउपालिकाकी स्थायी बासिन्दा हुन् । उनलाइ जिताउनका लागि अहिले अभियान नै चलेको छ । शनिबार कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले सहितले दमकमा उनलाइ आएर शुभकामना दिएकाछन् ।

    https://www.youtube.com/watch?v=jFZ_4EMpL4g

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…