• काठमाडौं–  राजधानीको शंखमूलमा रहेको विश्वनिकेतन उच्च माविमा अध्यननरत १५ वर्षीय छात्रले एक होटलमा आत्महत्या गरेका छन्। विश्वनिकेतनको कक्षा १० मा अध्ययनरत छात्र बिमल थपलियाले मैतीदेवीको काठमाडौं फुडमार्टमा रेस्टुरेन्ट भुईतलमा झुण्डिएर आत्महत्या गरेका हुन्।

    काठमाडौं बस्दै आएका थपलिया विश्वनिकेतन स्कूलकै होस्टलमा बसेर पढ्थे। मंसिर १५ गते घर आएका थपलिया १६ गते होस्टल जान्छु भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनी होस्टल नगएर मैतीदेवीको काठमाडौं फुडमार्टमा रेष्टुरेन्टमा काम गर्न थालेको उनी मृत फेलापरेपछि मात्रै थाहा भएको प्रहरीले जानकारी दिएको छ।

    मंसिर १६ र १७ गते सो रेस्टुरेन्टमा काम गरेका थपलिया १८ गते राति ११ बजेतिर भुँइतलाको सिलिङ फ्यानको हुकमा डोरी लगाएर झुन्डिएर मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
    ‘भुईँमा टेबल राखेर त्यहाँमाथि चढी सिलिङ फ्यानमा झुन्डिएर मृत अवस्थामा भेटिएको हो। हामीले डाक्टर घटनास्थलमा नै लगेर पोस्टमार्टम गरी शव उठाएका छौं। घटना हेर्दा आत्महत्या नै देखिन्छ,’ प्रवक्ता बोगटीले भने।

    घर र स्कूल दुबैतर्फबाट पढाइमा प्रेसर भएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…