मिस वर्ल्डमा सहभागी हुन यतिबेला मिस नेपाल वर्ल्ड निकिता चन्दक यतिबेला चीनमा रहेकी छिन्। यो बर्षकी मिस नेपाल चन्दकको परिचयात्मक भिडियोले यतीबेला निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। युट्युवको नेपाल ट्रेन्डिङमा रहेको भिडियोले २ लाख ११ हजार भन्दा बढी भ्युज पाएको छ।
प्राकृतिक सम्पदालाई मुख्य आकर्षण बनाएर तयार पारिएको भिडियोमा निकिताको पहिरन र उनको प्रस्तुतिलाई निकै रुचाईएको छ।
धेरैले मिस वर्ल्डमा सहभागी प्रतिस्पर्धीहरु मध्येको उत्कृष्ट भिडियो भनेर प्रतिक्रया दिएका छन्। नोभेम्बर १८ मा हुने ६७ औ मिस वर्ल्डका लागि १२० देशका सुन्दरी प्रतिस्पर्धा गर्दैछन्।