• झिलझिले, कार्तिक २३ ।
    शिवसताक्षी नगरकै सर्वाधिक चुक्तापँुजी रहेको छिमेकी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औ वार्षीक साधरण सभा शनिवार सम्पन्न गरेको छ । झिलझिले स्थीत आफ्नै कार्यलय परिषरमा शेयर सदस्यको ७८ प्रतिसत उपस्थीतीमा सभाको खुल्ला र वन्द सत्र सकिएको हो ।
    छिमेकीको चुक्ता पुजीं ३ करोड ३८ लाख ६३ हजार ३ सय रहेको छ । यो पुँजी शिवसताक्षी नगरमा रहेका करिव २४ वटा सहकारी संस्था मध्ये सर्वाधिक हो । साधरण सभामा गत वर्षको लाभाँस कोषवाट शेयर सदस्यलाई १५ प्रतिसत लाभाँस दिने घोषणा गरेको छ । छिमेकीले यसैवर्ष देखि नगरका मंगलवारे र जनता वजारमा पनि सेवा केन्द्र विस्तार गरेको छ । संस्थाका प्रवन्धक नरप्रसाद ओलीले आगामी दिनमा झापा जिल्लालाई कार्यक्षेत्र विस्तार गर्ने वताए ।

    साधरण सभामा गत आवमा २८ लाख ४ हजार ५ सय ६७ रुपैयाँ खुद नाफा गरेको थियो भने चालु वर्षको मंसिर १५ गते सम्ममा ३७ लाख ६५ हजार ८ सय ५० रुपैया नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ३०० प्रतिसत वृद्धी हो । संस्थाका प्रवन्धक नरप्रसाद ओलीका अनुसार १७ करोड २० लाख ६ सय ९३ रुपैयाँ निक्षेप संकलन भएको छ । ९०० शेयर सदस्य रहेको छिमेकीले सदस्यलाई १३ करोड ८५ लाख ७८ हजार ८ सय ५५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । उनले भने, ‘आगामी वर्ष ४० करोड भन्दा माथीको कारोवार गर्ने छौ र शेयर सदस्यलाई नाफाको १८ प्रतिसत मुनाफा प्रदान गर्ने छौ ।’ संस्थाले मंसिर १५ गते सम्ममा कुल १६ करोड १५ लाख कारोवार भएको जनाएको छ ।
    साधरण सभामा संस्थासंग नियमित वचत तथा ऋण कारोवार गर्ने उत्कृष्ठ १०८ शेयर सदस्यलाई सम्मान गरिएको थियो । यस्तै सेवा निवृत्त कर्मचारी विनोद सापकोटा, विष्णु भट्टराई र संगिता कोईरालालाई पनि नगद सहित सम्मान गरिएको थियो । कार्यरत नेत्र कोईराला र सुलोचना नेपाललाई पनि सम्मान गरिएको छ ।

    छिमेकी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेशकुमार प्रधानको अध्यक्षतामा भएको सभा राष्ट्रिय सहकारी वैक दमक साखाका प्रमुख विवेक डाँगीको प्रमुख आतिथ्यमा भएको थियो । सो कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केहरशिंह वस्नेत, पशुपति अंग्रेजी माविका संस्थापक प्रिन्सीपल चन्द्रप्रसाद खनाल, चौतारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भद्रदुमी राई र माईवेनी महिला कृषी सहकारी संस्थाकी अध्यक्ष रोहिता भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
    संस्थाका सदस्य पर्शुराम ढँुगानाले स्वागत गरको कार्यक्रमको संचालन सदस्य द्धय उदयप्रकास राई र गणेश घिमिरेले संचालन गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…