• विजय धिमाल
    मंसिर २३ उर्लाबारी
    मोरङको उर्लावारी नगरपालिका स्थित नेपाल रेडक्रस सोसाइटि मोरङ साखा र ट्रफिक कार्यालय मोरङको संयुक्त आयोजनामा विभिन्न ठाउहरुमा सडक सप्ताह कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल रेडक्रस सोसाइटि मोरङ साखा र ट्रफिक कार्यालय मोरङको संयुक्त आयोजनामा १६ गते देखि २२ गते सम्म सडक सप्ताह अन्र्तगत रंगेली, उर्लाबारी, बेलबारी, बिराटचोक र गछियामा हरेक दिन प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम लगायत विभिन्न कार्यक्रहरु आयोजना भएको कार्यक्रम अधिकृत उध्व कार्कीले जानकारी दिनुभयो । 


    यसै कार्यक्रम अन्र्तगत उर्लाबारी स्थित चार दिने प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धि तालिम आयोजना भएको हो । आफु लागायत आफ्नो परिवार र छरछिमेकमा सहज रुपले प्राथमिक उपचार गर्न सक्ने भन्ने उध्येस्यले तालिम आयोजना गरिएको हो । तालिममा झापा र मोरङका जम्मा चौबिस जनाको सहभागिता भएको थियो । प्रमुख प्रशिक्षयक सुरेन्द्र गिरी, अन्य प्रशिक्षकहरु थमराज लिम्बु, सुशिल घिमिरे, संजय कामत, सुजित जैस्वाल र उध्व कार्कीले सहजिकरण गरेका थिए । सहभागी सबैलाई प्रमुख अतिथिद्वारा प्राथमिक उपचार बक्स र प्रमाण पत्र प्रदान गरिएको थियो भने सप्ताह सडक सुरक्षा कार्यक्रममा स्वयमसेवको रुपमा सहभागीहरुलाई समेत प्रमाण पत्र प्रदान गरेका थिए । साथै नेपाल युवा रेडक्रस सर्कल उर्लाबारीको समेत सुजित कुमार जैस्वालको अध्यक्षतामा १९ समिति पुनरगठन समेत भएको छ ।
    समापन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो रहेका थिए


    अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटिका महामन्त्रि डिल्लि पोख्रेल, नेपाल रेडक्रस सोसाइटिका महासाखा प्रमुख कृष्ण घिमिरे, नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा कार्यक्रम अधिकृत उध्व कार्की र नेपाल रेडक्रस सोसाइटि जिल्ला कार्यालय स. थिए भने नेपाल रेडक्रस सोसाइटि मोरङ जिल्ला शाखा प्रमुख सुवोथ कुमार सिंह को सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…