• काठमाडौ, २२ मंसिर । चलचित्र ‘तारेभीर’ अब मोबाईल एप्लिकेशन ‘फोपी’ मा पनि हेर्न सकिने भएको छ । चलचित्रलाई केही दिनअघिबाट फोपीमा रिलिज गरिएको निर्माता देउकृष्ण देवानले जानकारी दिए । तारेभीर नेक्स्ट जेनेरेशन ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र हो ।

    प्रेम सुब्बाको निर्देशन रहेको तारेभीर नारीप्रधान चलचित्र हो । चलचित्रको कथामा ‘छोरीले पनि समाज र देशलाई उदाहरणीय योगदान दिन सक्छ’ भन्ने देखाईएको छ । यसमा रेखा फागो, बिष्णु चेम्जोङ, नविन कार्की, निर्देशक सुब्बा र निर्माता देवानको मुख्य अभिनय छ ।

    चलचित्रमा जनक गुरुङको एक्शन तथा गोबिन्द राई र दिनेश माङमुको कोरियोग्राफी छ । रामप्रसाद चौधरीले सम्पादन गरेको चलचित्रको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् । चलचित्रका गीतहरुलाई सनुप पौडेल र प्रकाश गुरुङले संगीत दिएका छन् ।

    युट्युवमा नभएका भिडियोहरुसमेत हेर्न सकिने ‘फोपी’ नेपालकै पहिलो पेड भिडियो स्ट्रिमिङ (Paid video streaming mobile app) एप्लिकेशन हो । यसका भिडियोहरु एचडी गुणस्तर ९ज्म् त्रगबष्तिथ० का हुन्छन् । फोपीमा भएका भिडियोहरुलाई डाउनलोड गरेर पनि हेर्न सकिन्छ ।

    तारेभीरलाई नेपाल टेलिकमको सहकार्यमा एनटी NT) प्रयोगकर्ताहरुले आफ्नो मोबाईलको ब्यालेन्सबाटै पनि हेर्न सक्छन् । भारतमा भने पेटिएम (PAYTM) र मलेसियामा मोलपे (MOLPAY) सँगको सहकार्यमा फिल्म हेर्न सकिन्छ । क्रेडिट र डेबिट कार्ड प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट पनि चलचित्र तारेभीर हेर्न सकिने निर्माता देवानले बताए ।

    तारेभीरलाई फोपीमा हेर्ने लिंक

    https://play.google.com/store/apps/details?id=com.myfopi

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…