• काठमाडौँ, २४ मङ्सिर महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई सक्कली सुन भनी रु ६६ लाखमा बेचबिखन गर्न हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङलाई आज दिउँसो पक्राउ गरेको हो ।

    परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले नक्कली सुनलाई बेचबिखन गर्न हिँडिरहेको अवस्थामा एक÷एक किलोग्रामका दुईवटा बिस्कुट बरामद गरेको जानकारी दिनुभयो ।

    पक्राउ परेका तामाङ यसअघि पनि नक्कली सुनलाई सक्कली सुन भनेर बेचबिखन गर्दैै गरेको अवस्थामा पक्राउ परेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट धरौटीमा छुटेको अनुसन्धानमा खुलेका प्रवक्ता बोगटीले बताउनुभयो । पक्राउ परेको दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…