• 21 nov 2017 By: Ratokalam नेपालमा हाल यातायात सम्वन्धी विभिन्न संघसंगठन खोलिएका छ्न। तर यातायातमा भने कुनै सुधार आएको छैन। किन?? यातायात मन्त्रालयले चासो किन राख्दैन?? नेपाल मा प्राय साँघुरो रोड को कारण ले गर्दा जाम र दुर्घटना दिन दिनै बढिरहेका छ्न। यता यातायात भने एक जनालाइ ५-५ ओटा पुग्ने गरि रुट दर्ता गरिएको छ।अनि त्यसमा न कानुन न नियम नै छ। यातायात संघ पनि राजनीति राग र पैसा मा नै लडिरहेका छ। एक जना यात्री सानो बच्चा बोकेर गाडी मा यात्रा गर्दा गुन्द्रुक खाँदिए जस्तो खाँदिनु पर्ने बाध्यता पनि पीडा हो। कारण यातायात को समय तालिका नभएर हो। कुनै बेला दस ओटा गाडी सँगै आइपुग्छ्न, भने कुनै बेला सडक नै रित्तो देखिन्छ। कारण यातायात को समय तालिका नभएर नै हो। एकघण्टा सम्म बाटो मा गाडी कुर्नु को पीडा दर्दनाक छ। त्यो पनि राजधानी जस्तो ठाँउमा! भाडादर को को त कुरै नगरम मनपरि नै छ। तोकिएको भाडा भन्दा बढी नै लिइएको देखिन्छ ।साँगुरो बाटो को कारण ले गर्दा न त सोचेको समय मा पुग्न सकिन्छ न त ज्यान को भर! उता यातायात मजदुर को पीडा झन दयनीय छ। ज्यान को बाजि राखेर ड्राइभर ले गाडी गाडी चलाउछ न उसलाइ कुनै स्याबासी न कुनै जीवन सुबिधा ? किरा सरि उमृएका गाडी मनपरी संचालन ले अहिले दिन भरी गाडी चलाएर पनि कहिले काहीँ त रित्तो हात बोकेर घर जानुपर्ने अबस्था छ। यातायात ब्यबसायी ले चालीस लाख तिरेर गाडी किनेको हुन्छ तर आम्दानी भनेघ घटिरहेको देखिन्छ ।के गर्नु बिचरा ब्यबासायी! आफू नि पालिनु पर्यो र साधन लाई पनि।। मनपरि यातायात संचालन नै कारक हो।अस्त ब्यस्त सडक अनि न त कुनै स्टप नै छ। प्रसासन ले मनपरि जरिवाना अनि चरम कारबाही गरिरहेको छ मजदुर माथी।त्यतिमात्र कहाँ हो बिनागल्ती कारबाही गर्न खोज्दा ड्राइभर ले बोल्न पनि पाँउदैन। यदि बोलिहाल्यो भने प्रसासन को धाक लगाइन्छ जस्तै राणा शासन! विभिन्न अपशब्द र अ्मानबिय व्यावहार देखाइन्छ र चर्को जरिवाना असुलिन्छ। विभिन्न ठाउँ रोड को साइट मा स्टप बनाइयोस। अनि मात्र नियम बनाइयोस नत्र बाख्रा खोर मा बाघ खोजेस्तै हुनेछ। र यातायात मजदुर लाई हेर्ने दृटिकोण फरक हुन जरुरी छ। यसमा सम्बन्धित निकाय को ध्यान केन्द्रित होस।

    मेलम्ची नगरपालिका वार्ड नं १ भोटेचौर सिन्धुपाल्चोक हाल भारत

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…