• धरान / गोरू काटेको आरोपमा प्रहरीले १० जनालाई आज नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरानले विहान ४ः३० बजेको समयमा धरान –१७ स्थित बिद्याटोलमा गोरु काटिरहेको अवस्थामा आषिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिंया, रिजमान मिया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनिल शाही, अनिश साही, राजेन्द्र खड्गीलाई नियन्त्रणमा लिएको इप्रकाका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
    उक्त स्थानबाट गोरु काट्न प्रयोग भएको धारिलो हरियार खुकुरी चक्कु ७ थान र गाई गोरुको जस्तो देखिने सिंगसहितको टाउको २ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
    पक्राउ परेकालाई शुक्रबा नै जिल्ला अदालतमा म्याद थप गरि पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान भई शुरु गरिएको डिएसपी तिम्सिनाले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…