• हरि कोईराला

    उर्लाबारी,कात्तिक २१ गते । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी–जयचौक सडक खण्डमा दुर्घटनामा परेको मालबाहक भारतीय ट्रक महिना बितिसक्दा अझैं हटाइएको छैन । साँघुरो सडकमा दुर्घटनामा परेको ट्रक नहटाउँदा दुर्घटनाको जोखिम बढेको छ । उर्लाबारी,कात्तिक २१ गते । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी–जयचौक सडक खण्डमा दुर्घटनामा परेको मालबाहक भारतीय ट्रक महिना बितिसक्दा अझैं हटाइएको छैन । साँघुरो सडकमा दुर्घटनामा परेको ट्रक नहटाउँदा दुर्घटनाको जोखिम बढेको छ ।  असोज १९ गते राति भारतबाट काकडभिट्टा हुँदै विश्वकर्मा सिमेन्ट उद्योगको कच्चा सामग्री बोकेर बीरगञ्ज तर्फ जाँदै गरेको एचआर ३३ इ ५७१५ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको थियो ।



    ट्रकले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ९३१ नं.को मोटरसाइकलमा सवार पथरीशनिश्चरे ३ का वीरकुमार राईलाई ठक्कर दिँदा राई गम्भीर घाइते हुनु भएको थियो । ट्रकका चालक भारतीय नागरिक दुर्घटना गराएर फरार भएका छन । दुर्घटनामा गम्भीर घाइते भएका  ४० वर्षीय राईको विराटनगर स्थित न्युरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । राईका आफन्तले घाइतेको उपचार नभए सम्म गाडी उठाएर लान नपाउने बताउँदै आएका छन् । तर सिमेन्टको कच्चा पदार्थ ३७ टन  किलिङ्गर बोकेको ट्रक क्रेनको अभावमा हटाउन नसकिएको  इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले बताउनु भयो ।कार्कीले यसै साता दुई वटा ठूला क्रेन ल्याएर ट्रक हटाइने जानकारी दिनुभयो । चालक फरार भएपछि प्रहरीले ट्रकका मालिक भारतीय नागरिक राजुकुमारलाई पक्राउ गरेको छ । ट्रक मालिकले घाइतेको उपचार नगरे सम्म छोड्न नमिल्ने प्रहरी निरीक्षक कार्कीको भनाई छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…