२३ कार्तिक ,बिहिबार आदरणीय देश बनाउन जुरमुराउदै निर्वाचन स्थल तिर अभ्यस्त बाम गठबन्धनका कामरेडहरु।अब हामिले जनतामा गएर म यस्तो र उस्तो भनेर भाषण ठोक्नुपर्दैन।यो बेला जनतामा गएर स्मार्ट सिटि र त्यही वृद्धभत्ताका कुरा गर्न सुहाउदैन।एउटा छोरो र एउटि छोरीले नोकरी पाइन भनेर ढुक्क हुने पनि होइन अब त जनतामा समृद्धि भर्ने हो,च्यात्तिएका जनताका तन र फाटेका मनहरु सिलाउने हो प्रिय बाम गठबन्धन ज्यु तपाइहरु कम्युनिष्ट हुनुहुन्छ अब क्रान्ती जनताको घर आगनीबाट सुरु गर्नुपर्छ,बिकासका बाक्सा लगेर गाउमा मोटरबाटोको बिकास र बत्तिको झिलिमिलीलाई आजको दिनमा बिकास भनिदैन।विकास त त्यो हो हाम्रा आम पुस्ताहरुको समृद्दिको यात्रा प्रारम्भ हुन्छ त्यो नै बिकास हो अनि क्रान्ती हो। किन छाप्ने अनावश्यक पर्चाहरु कमरेड बामगठबन्धन ज्यु? बजारमा कुनै पनि सामान बिकेन भने बिज्ञापन गर्न पर्चाहरु छापिन्छ ,हामिले कुनै पर्चा र घोषणापत्र बोक्ने भरिया बनाउनु छैन हाम्रा कमरेडहरुलाई ,बरु माग्न जानू छ जनताको घरको समस्या के के दिन्छन उनिहरुले हामिलाई ,बरु त्यता समय खर्च गरौं,विभिन्न पार्टी प्यालेसमा कार्यक्रम गर्दा हुने खर्च त्यो फजुल खर्च गरेर नेताहरु अभ्यस्त नहोउन,जनताको समस्यालाई हल गर्न नोटबुकमा जनताको राय माग्नुपर्छ उम्मेदवार बन्ने साथीहरूले,जनतालाई सपनाको महल ठडाउनु पर्दैन ,रङ्गीचङ्गी घोषणापत्र र त्यो रचनाकारलाइ महंगो तलब खुवाउनु पर्दैन।विजयी घोषणा हुन मात्रै बाकी बाम गठबन्धन फजुल खर्च बन्द गर्दा देश र जनताको कल्याण हुने तर्फ सोचौं।हिजो हामिले धेरैको दुई तिहाई हेर्यौं, अब बाम गठबन्धनको दुई तिहाइ हेर्दै नया खाले विश्वासको वृक्षरोपण गर्नुछ हामिले। हामी बर्ग नै बर्गको समुदाय भित्र असंख्य हाम्रा रहरहरु छन,ती रहरहरु भित्र एकताको माला उनिनुपर्छ र बर्गबिहिन समाजमा हाम्रा आशाहरुको रङ्ग भर्दै विजयिको माला लगाइदिएर हामिले हाम्रो उपलव्धिको स्थायी सत्ता निर्माणमा जुट्नुछ।बिहामा दाइजोको लागि गरिने खर्च र निर्वाचनमा भोटको लागि गरिने खर्च दुबै फजुल खर्च हुन,यो बन्द गरि जनताको जिवनशैलीको महङ्गाई घटाउन प्रयत्न गर्नुपर्छ भनेर बामगठबन्धनलाई हामिले नम्र निवेदन गर्नुपर्छ। देश र जनताको लागि लड्ने ब्यक्तीले निजि स्वार्थको मोह बोकेको हुदैन यसर्थ पनि बाम गठबन्धनले पाउने विजयलाई अचाक्ली खर्चको माध्यम नबनाइयोस।हामिले यस्तै शुभकामना पस्केको भोलिपल्ट मुल्यबृद्दी गरेर जनताको ढाडमा दाल दल्ने धृष्टता नहोस,जनता जनार्दनले अपिल गर्नु नपरोस। बाम गठबन्धन जनप्रेमी बनोस,जनताको स्थायी सत्ता स्थापनार्थ धोका कोहि कसै बाट नहोस भन्दै बामगठबन्धनलाई यो सुक्ष्म सन्देश यहि अन्त गर्दछु।नमस्कार
-लक्ष्मण चौलागाईं मेलम्ची न.पा.१,भोटेचौर,सिन्धुपाल्चोक हाल: काठमाडौं ,नेपाल