• देबु बानियाँ
    बाहुनडाँगी । नेपाल जेसीजको ४५ औँ महाधिवेशन आउन अब ३ दिन बाँकी छ । जनकपुरमा हुने महाधिवशेनले वर्ष २०१९ का लागि नयाँ नेतृत्व चयन गर्नेछ । जसमा उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने निश्चित छ । १२ जना उपाध्यक्ष पदका लागि २३ जनाको उम्मेदवारी परेसँगै उपाध्यक्षम निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ । एक महिना अघि नेपाल जेसीजमा दर्ता भएका २३ जना उपाध्यक्ष पदका उम्मेदवारहरुको हालै काठमाडौँमा सम्पन्न उम्मेदवार प्रशिक्षणमा २३ जनै सहभागि बनेपछि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको हो । यस भन्दा अघि रातोकलम अनलाइनले १४ जना प्रतिस्पर्धीहरुको उम्मेदवारीका बारेमा लेखिसकिएको छ । आज बाँकी रहेका उम्मेदवारहरुको बारेमा लेख्ने जमर्काे गरिएको छ । प्रस्तुत छ वर्ष २०१९ का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवारहरुको विवरण ।
    राष्ट्रिय उपाध्यक्ष पदका लागि जे सी आइ गोदावरीले जेसी आशिस शर्मा लाई आफ्नो उम्मेदवार बनाएको छ । कपन काठमाण्डौका स्थाई बासिन्दा जेसी आशिस शर्मा जे सी आइ गोदावरीका सन् २०१८ का अध्यक्ष हुनुहुन्छ ।
    व्यवसायिक रुपमा जेसी आशिस शर्मा सूचना प्रबिधि बिशेषज्ञ हुनुहुन्छ ्र उहाको सूचना प्रबिधि क्षेत्रमा काम गरेको एक दशक भन्दा लामो अनुभव रहेको छ उहा हाल निजि क्षेत्रको टेलिकम इनसेल प्रा लि मा बरिस्ठ बिशेशज्ञ हुनुहुन्छ ।
    २०१० साल बाट गोदावरी जेसीजमा आबद्ध उहााँ २०१२ मा तालिम संयोजक , २०१३ मा महासचिव , २०१४ मा बरिस्ठ उपाध्यक्ष ,२०१५ मा कोषाध्यक्ष , २०१६ मा कानुनि सल्लाहकार , २०१७ मा कोष व्यवस्थापन अध्यक्ष हुदै २०१८ मा अध्यक्षको नेतृत्व सम्माहाल्नु भएको थियो ।
    शाखा अध्यक्ष भएपछि उहाले विभिन्न परियोजना को सफलता हासिल गर्नुभएको छ । यसको कदर स्वरुप नेपाल जेसिजका रास्ट्रिय अध्यक्ष बाट जुलाई महिना मा गोदावरी जेसिजलाई “ जेसिज ओफ द मन्थ “ बाट पुरस्कृत गराउन सफल हुनुभयो ।
    उहाँले अन्तराष्ट्रिय स्तरमा अन्य जेसीजसँग पनि समन्वय र सम्बन्ध राख्दै आफ्ना सदस्यहरुलाई अन्तरास्ट्रिय शाखाहरुमा पनि समावेश गर्न सफल हुनुभएको छ ।
    सन् २०१३ मा जे सी आइ जेनेभा , जे सी आइ पेरिस संग , सन् २०१४ मा जे सी आइ इस्तानबुलमा आबद्द रहेर काम गर्नुभयो । जे सी आइ ढाका मा बिशेष अतिथिको भूमिका पाउनु भयो ।
    उहाको राष्ट्रिय उपाध्यक्ष भएपछि जेसिजहरुको व्यक्तिगत बिकास , र व्यवसायिक रुपमा जेसिज लाई सबल बनाउदै सामुदायिक प्रभाव लक्ष्य छ । उहाले जेसिजमा आफ्नो सुचना प्रबिधिको ज्ञान सम्पूर्ण जेसिजहरुलाई तालिम बाट प्रदान गर्ने र यसको अधिकतम प्रयोग गरि नेपाल जेसिजलाई डिजीटल रुपान्तरण गर्ने लक्ष्य रहेको छ ।
    यसैगरी, युवाहरुलाई उद्यमशीलतामा जोड्ने मुख्य लक्ष्य लिएर जेसीज अभियानमा सक्रिय पश्चिम नेपालका लालकेश जैशीको पनि यो वर्ष राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी परेको छ ।
    टिकापुर जेसीज वर्ष २०१८ का अध्यक्ष जैशी २०११ सालदेखि यस शाखामा आबद्ध छन् । २०१२ मा साँस्कृति संयोजक, २०१४ मा कोषाध्यक्ष, २०१५ मा इभिपि, २०१६ मा जिएलसी हुदैँ २०१८ मा शाखाको नेतृत्व सम्हालेका थिए । जेसीज बाहेक अन्य विभिन्न सामाजिक संघ संस्थाम ासमेत आबद्ध जैशी नेपाल रेडक्रस सोसाइटी टिकापुरका आजिवन सदस्य,खप्तड साँस्कृतिक परिवारको पूर्व अध्यक्ष, जनकल्याण सहकारीको कोषाध्यक्षलगायतका संस्थाहरुमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरेका छन् । विगत १५ वर्षदेखि व्यवासयमा तल्लिन उनी यस क्षेत्रका सफल व्यवसायीका रुपमा रहेका छन् ।
    यसैगरी, गैडाकोट जेसीज वर्ष २०१८ को अध्यक्ष गोकुल सापकोटाको पनि राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी परेको छ । स्पष्ट वक्ता, शालिन व्यक्तित्वका धनी सापकोटा नेपाल जेसीजका ट्रेनरका रुपमा समेत स्थापित बनेका छन् । २००७ सालमा गैडाकोट जेसीजको स्थापना हुँदा संस्थापक सदस्यका रुपमा जेसीज अभियानमा आएका सापकोटा त्यसयता निरन्तर यस अभियानमा क्रियाशील छन् । शाखामा रहेर कोष बृद्धि निर्देशक जनसम्पर्क अधिकारी, उापध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, कानुनी सल्लाहकार, महासचिव अध्यक्ष सल्लाहकार र थिम डाइरेक्टर जस्ता पदहरुको कुशल नेतृत्व गरेका सापकोटा २०१८ मा अध्यक्ष बन्ने सौभाग्य प्राप्त गरेका थिए । २०१२ मा गैँडाकोटमा सम्पन्न एरिया डि को एरिया कन्फ्रेन्समा भएको वक्तृत्वकला प्रतियोगिता विजेता बनेका सापकोटा त्यसयता अझ उत्साहित भएर यो अभियानमा अघि बढेका हुन् ।
    जेसीज बाहेक अन्य सामाजिक संघ संस्थाम समेत आबद्ध उनी एमएससी नेपालको पूर्व सहसचिव, विकु वचत तथा ऋण सहकारी संस्था सञ्चालक, विजय एफ एमको सञ्चालक, त्रिनेत्र वचत तथा ऋण सहकारीको सञ्चालकमा रहेर काम गरेका छन् । साथै उनी व्यवसायका क्षेत्रमा समेत उत्तिकै लगनशिल छन् । उनले गैडाकोटमा मौलाकालीका आल्मुनियम तथा स्टिल उद्योग सञ्चालन गर्दै आएका छन् ।
    उनले नेपाल जेसीजमा विधिको साशनलाई लागु गर्न र युवा तथा राष्ट्रिय मुद्धाका बारेमा आवाज उठाउन राष्ट्रिय उपाध्यक्षको उम्मेदवारी दिएको बताए ।
    यसैगरी रामग्राम जेसीजबाट सञ्जयकुमार पाठकको पनि नेपाल जेसीज वर्ष २०१९ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ।
    रामग्राम जेसीज वर्ष २०१७ का अध्यक्ष पाठक २००९ सालदेखि जेसीज अभियानमा आबद्ध छन् । २०१५ मा महासचिव बनेका उनी २०१७ मा रामग्राम जेसीजको नेतृत्व सम्महालेका थिए । उनकै कार्यकालमा नेपाल जेसीजले आफ्नो शाखाबाट सिनेटर श्रीधर बस्याललाई राष्ट्रिय अध्यक्ष बनाउन सफल भएको थियो । खाद्यन्न व्यवसायमा आबद्ध पाठक जेसीज अभियानमा एउटा फरक उर्जा लिएर अघि बढेका छन् । युवाहरुलाइृ व्यवसायीक क्षेत्रमा अब्बल बनाउनु उनको मुख्य लक्ष्य रहेको बताए ।
    धापासी जेसीज बर्ष २०१८ का वर्तमान अध्यक्ष सुशिल बुढाथोकीले वर्ष २०१९ को लागि उपाध्यक्ष पदको
    उम्मेदवारी दिनु भएको छ । सन २०१३ बाट धापासी जेसीजबाट जेसीज यात्रामा आउनु भएका बुढाथोकीे २०१७ मा अन्तर्रा्ष्ट्रिय स्थरको जेसिआई
    एकेडेमी सि¨ापुरको ३ दिने तालिममा नेपालको तर्फ बाट प्रतिनिधित्व गर्नु भएको थियो । मर्म र मान्यता अनुरुप उहाँले सञ्चालन गरेका नेतृत्व र व्यक्तित्व विकासका तालिमले नै उहाँको छविलाई माथि पु¥याएको जेसीज वृत्तमा चर्चाको विषय बन्ने गरेको छ । पेसाले उहाँ शैक्षिक क्षेत्रमा हुनुहुन्छ । ह्वाईट हाउस ईन्टरनेशनल कलेजमा उहा“ एमबिए ईएमबिएको प्रोग्राम हेडको रुपमा रहनुभएका बुढाथोकीले आफ्नो पेसामा उत्कृष्ट कार्य सम्पादन गरे वापत दर्जनौ पुरस्कार र सम्मान समेत प्राप्त गर्नु भएको छ । जेसीजसँगै अन्य सामाजिक संघसंस्थामा समेत नेतृत्व सम्हाल्नु भएका बुढाथोकीेको नेतृत्व क्षमता
    कुशल मान्नुपर्दछ जुन उहाँको कामले सावित गरिसकेको छ । हरेकपल उत्साहित, आत्मअनुशासित, लगनशील र निर्भिक रहने बुढाथोकीे आफ्नो कामप्रति सधैँ संवेधनशिल भएर लाग्ने गरेका छन् ।
    जेसीज तालिम विश्वविद्यालयको रुपमा चिनिने हुदाँ २०१८ मा अन्तर्रा्ष्ट्रिय स्तरका तालिमलाई प्राथमिकता दिदै युवाहरुको समग्र विकासका लागि कटिबद्ध रहने उहाँको प्रतिवद्धता सहित अन्तराष्ट्रिय स्तरको प्रशिक्षक लाई नेपालमा ल्याएर धापासी जेसिजको आथित्यमा दुई दिने डिजिटल मार्केटि¨ तालिम सफलता पुर्वक सम्पन्न गराउनु भएको थियो । अहिलेसम्म कुनै काममा पनि पछाडी फर्कनु परेको अनुभव नभएका बुढाथोकी को लागि २०१९ चुनौतीसँगै अवसर बनेर उभिएको छ । देशभरका जेसीज अभियान्ताहरुको मन र मत जितेर नेतृत्वतहमा पुग्ने उहाँको सपना पूरा हुनको लागि अबका केहीदिन कुर्नु पर्नेछ । २०१८ मा थालिएका राम्रा कामको निरन्तरतासँगै नयाँ अभियानको थालनीका लागि र त्यसको सफल अवतरण लागि आफ्नो उम्मेदवारी रहेको बताउने बुढाथोकी ले अन्तर्रा्ष्ट्रिय स्तरका तालिमलाई प्राथमिकता दिदै युवाहरुको ब्यक्तीत्व बिकाशका लागी आफू कुरामा भन्दा कर्ममा ज्यादा विश्वास गर्ने बताउनुहुन्छ ।
    यसैगरी, चन्द्रनिगापुर सिटीका अध्यक्ष अनन्तमकुमार अधिकारीको पनि राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी परेको छ । युवामैत्री जेसीज बनाउने अभियानका साथ अघि बढेका अधिकारी जेसीज अभियानमा सक्रिय युवा हुन् । उनकै कार्यकालमा वर्ष २०१८ मा चन्द्रनिगापुर जेसीज नेपाल जेसीजबाट उत्कृष्ट शाखाका रुपमा पुरस्कृत बनेको छ । सामाजिक क्षेत्रमा सकारात्मक अभियानका साथ जेसीजलाई यस क्षेत्रमा फरक रुपमा अघि बढाएका अधिकारी आगामी दिनमा समेत युवाहरुलाई जेसीज मैत्री अभियानमा अघि बढाउने बताए ।


    यसैगरी, पोखरा जेसीजका शिव सुवेदी, बसामाडी जेसीजका हरिकुमार शर्मा, थानकोट जेसीजका मोहनलाल डाँगी, कपन जेसीजका झनकबहादुर अधिकारी (दिपक), कलइया जेसीजका संस्थापक अध्यक्ष रामनिवास कुश्वाह, चन्द्रनिगापुर सिटी जेसीजका अनन्तकुमार अधिकारीले पनि नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । उहाँहरुले शाखाका गरेको सकरात्मक कामको अनुभवलाई नेपाल जेसीजमा लागु गर्दै युवाहरुलाई थप उत्साहित बनाउने लक्ष्य रहेको बताउनु भएके छ ।
    यस भन्दा अघि हामीले राष्ट्रिय उपाध्यक्ष उम्मेदवारहरु रुकमणि सिग्देल (भकुण्डेबेसी), भोजराज चापागाई (रामनगर), कमल भण्डारी(सिदार्थ), लालमणि भण्डारी (त्रिभूवननगर), प्रकाश लामिछाने (कोहोलपुर), अर्जुन अधिकारी (नारायणगढ), समुनकृष्ण श्रेष्ठ (पाटन), दिपेश बोहोरा (अतरिया), शिव सुवेदी(पोखरा), अमृत मल्ल (पर्सा खैरेनी), इनु थापा(काठमाडौँ), लालकेश जैसी(टिकापुर), को उम्मेदवारको विषयमा लेखिसकिएकोले यहाँ उललेख नगरिएको जानकारी गराउँदछौँ ।उहाँहरुको क्रमश फोटो समावेश गरिएको छ ।






















सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…