• देबु बानियाँ
    बाहुनडाँगी ।  एमालेका पूर्व नगर अध्यक्ष दिपक भण्डारी बुधवार बिहानबाट बेपत्ता भएपनि अझै फेला परेका छैनन् । मेचीनगर १० धुलावारी निवासी भण्डारी बिहान १० बजे घरबाट निस्किएका थिए । त्यसपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।सामाजिक काममा क्रियाशिल उनी हालसम्म कुनै विवादमा आएका थिएनन् । सबैको प्रिय भण्डारी बेपत्ता हुँदा सिंगो झापा नै दुखी भएको छ ।

    आफ्नो मोबाएल र मोटरसाइकल समेत घरमै छोडेर निस्केका भण्डारी साँझ ५ बजेसम्म घर नर्फकेपछि उनी बेपत्ता भएको थाहा भएको थियो । सधैँ घरबाट निस्कदा मोबाएल र मोटरसाइकल समेत लिएर हिड्ने भण्डारी समय समयमा घरम फोन गर्ने गर्थै तर बुधबार दिनभर उनीसँग परिवारको कुनै सम्पर्क नभएको भाई प्रकाश भण्डारीले बताए । उनी बेपत्ता भएको खबर पाएपछि उनको खोजी कार्यलाई तीब्र पारिएको छ ।
    इलाका प्रहरी कार्यालय धुलावारी, काँकरभिट्टा तथा जिल्लाभरका प्रहरीले उनको खोजीलाई तीब्र पारेको इलाका प्रहरीका कार्यालय धुलावारीका इन्स्पिेक्टर टिकाबहादुर कार्कीले बताए । भण्डारीको खोजीका लागि नेपाल र भारतका सीमा क्षेत्रमा सिसि क्यामारा तथा शहरका विभिन्न होटलहरुमा समेत खोजी गरिसकिएको कार्कीले बताए । राति ११ बजेसम्म उनको कुनै पत्ता नलागेको कार्कीले बताए । भण्डारी कहाँ गए भन्ने सम्मको कुनै शंका छैन । परिवारले आफन्त र जानसक्ने सम्भावना भएका क्षेत्रमा सम्पर्क गरिसकेको छ । तर भण्डारी कतै फेला परेका छैनन् ।
    नेता भण्डारी विभिन्न सामजिक संघ संस्थामा समेत क्रियाशील भएकाले दिनभर जसो व्यस्त रहने गरेका थिए । उनी प्राय बिहान निस्केपछि साँझमा मात्र घर फर्कन्थे । धुलावारी जेसीजका पूर्व अध्यक्ष, हिमालयन एकाडेमीका निर्देशक, हिमालयन वचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील भण्डारी बेपत्ता भएसँगै यतिबेला मेचीनगरबासी उनी कहाँ गए भन्ने बारेमा चिन्तित र त्रासमा छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…