• २३ कार्तिक २०७४

    -मेरो नाममा तेश्रो चोटि पक्राउ पुर्जी काटियो! हिजो मैले फेसबुक मा एक status राखेको थिए " तपाइलाइ थाहा छ!? कुकुरको पुच्छर मा बाधेको लगौटी हुन्छ नि त्यो कुकुरको बच्चाको दिशा ब्यबस्थापन गर्न को लागि मात्रै हुन्छ!

    तर स्वतन्त्र मिडिया भनेर नामाकरण गरेको रेडियोले यत्ती लगौटी हुन भन्दा सिधै उसैको प्रचार सामाग्री हो भनेर भन्ने नि किन जनता झुक्याउन भ्रमको खेती गर्ने!? अनि साच्चै निर्वाचन आचार सन्हिता नि नलाग्ने रैछ है! अनि त्यो भित्रका भतुवा खन्चुवा भरौटेहरुले पनि! सन्दर्भ :- कंचनपुर एफ. एम. कसैले प्रत्युत्तर दिन सक्छ!?"

    यो status राख्नुको कारण चाहिँ सामुदायिक रेडियो कंचनपुर ले बिहान५ बजेबाट गाउने कांग्रेस को भजन र दिनभरी गर्ने उस्को चुनावी सभाहरुको प्रत्येक प्रत्यक्ष प्रशारण थियो! स्वतन्त्रता को नाममा जनतामा भ्रम छर्ने र कुनै पार्टी तथा ब्यक्ति बिशेसको प्रचार गरेर आफुलाइ सामुदायिक भन्नेहरु बिरुद्द टिप्पणी गर्दा हामिलाइ जेल कोच्ने धम्की दिन्छन भने हामिले कसरी बाच्ने!?

    सिधै "म फलानो एफ .एम. को manager बोल्दैछु!आधा घन्टा भित्र १६ नम्बरमै पुगेर तिम्रो गिरफ्तारी हुन्छ! बाकी हिसाब किताब जिप्रका भित्रै भेटेर गरौला!" बिहान कलेजबाट घर पुग्ने बितिक्कै मोबाइल मा फोन गर्ने एकजना बन्धुले भन्नू भयो! मैले नम्र हुँदै भने "सर तपाईं किन आबेशमा हुनुहुन्छ! तपाईं मैले गरेको गलत बिरोधी अथवा सार्बजनिक सरोकार को बिसयमा सत्य आवाज बोलेकोले बिपक्षी भएर बोल्नुभएको होकि!?" उताबाट जवाफ आयो " भिडछस भने सडकमा आइजा नत्र धेरै नकरा ....... "

    आदि इत्यादि अनि मैले भने "कुन आधारमा तपाईं कुरा गर्दैहुनुहुन्छ! मलाइ तपाईं जुन process चाल्नुहुन्छ स्विकार्य छ!" मेरो गल्ती थिएन मैले स्पष्ट भन्दिए! उताबाट मलाइ मिडियाको मानहानिको मुद्दामा अदालत पुराउने यस्तो उस्तो कुरा आउदै थियो ! मैले बेलुकी भेट्ने भनेर कुरा छोट्याए! यो सम्बाद एक कथित स्वतन्त्र नामको झोले मिडियाको station manager को थियो! फेरि केही बेरमा अर्को फोन आयो "भाइ निरज हो !?"

    मैले "हजुर सर म निरज हो!" फेरि "म कंचनपुर एफ एम बाट पत्रकार .. भट्ट अनि तिमिले त्यो status किन राखेको भाइ स्पष्टीकरण चाहियो!" मैले भने" सर कस्तो स्पष्टीकरण !?" उहाँ "भाइ तिमी मेरो भाइ पनि पर्छौ तिमिले त्यो नलेख्न पर्ने हामिलाइ तिमिले गाली पनि गरेछौ तिमिले सार्बजनिक माफी माग्न पर्छ बेलुकी एफ. एम. मा आउनु!" मैले भने "सर म बेलुकी आउदैछु उतै कुरा गरुल नि!" यो सम्बाद नि टुङियो अझै ""म महेश.. तिमिलाइ भेट्नु छ।....... इत्यादी कुरा गर्दै फोन गर्छ! हैन मैले कुन अपराध गरेछु र यिनी झोलेरुले मलाइ अदालत मा उभ्याउने तर्कहिन कुरा गर्दा हुन! यो कुरा हिजोको मैले लेखेको फेसबुक status ले गर्दा भएको रहेछ!

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…