उर्लाबारी
गर्भमा ६ महिना अनि काखमा १५ महिनाको काखे बालकसँगै एक महिला मिडियामा आएर सहयोगको अपिल गरेकी छिन् ।
काठमाण्डौं कप्पनमा बस्न सोनाम भन्ने दोर्जे सेर्पा नाम गरेका श्रीमान्ले घरबाट निकालेसँगै दयनिय अवस्थामा पुगेकी काठमाण्डौं स्थाही ठेगना भएकी होमा श्रेष्ठले सबैसँग सहयोगका लागी अपिल गरेकी हुन् । २०७४ साल साउन महिनामा विवाह गरेको उनलाई ३ महिनाबाट नै अन्य केटीहरुसँग लागेर आफूलाई कुटपिट् गर्नका साथै खान लाउन नै नदिएको उनले बताइन् ।
हाल झुटो मुद्धा दर्ता गरेर थप समस्यामा समेत पारेको र मुद्धा लड्नका लागी नै आफू पूर्वका इटहरी अरुको घरमा श्रण लिएर बास्न बाध्य भएको पनि उनले बताईन् । महिला अधिकारकर्मी सावित्रा सुवेदीले देश विदेशमा रहेका नेपालीहरुले पिडामा रहेकी एकजना महिलालाई सहयोग गर्न सबैसँग अपिल गरेकी छन् ।
https://www.youtube.com/watch?v=Q9xZBivd8ho