• धन सम्पती के नै रैछ, हेर्दा हेर्दै खरानी भयो घर, एक महिलाको ज्यान नै गयो, अनि त्यो दुख देखेर,तस्बिरमा देखिएका चेलीहरुको मन थामिएन। मन दुख्यो । सिंगो उर्लाबारीवाशी नै शोकमा डुब्यो ।  पीडा देखेर स्थानीय ममता रानाको मनले भन्यो । यस्तो पीडा हेरेर बसिन्न जति सकिन्छ सहयोग गर्ने हो । मोरङको उर्लाबारी नगरपालिका – ७ का आगलागी पिडित रामबहादुर थापालाई मम्ता र शान्ता कुरुङम्बाङले खाद्यन्यका समाग्री सहयोग गरेका छन् । उनीहरुले ५० केजी चामल सहित  विभिन्न सामाग्री सहयोग गरे । अझै सहयोग गर्ने मन छ , ममता भन्छिन्, सहयोग जुटाउने सोच छ । हेरौ कति सम्म सकिन्छ । शान्ता भन्छिन्, यस्तो आपत विपत भोलि जो कोहिकोमा पर्न सक्छ । मानवताको नाताले पर्दा सबैले सहयोग गर्नुपर्छ ।

    स्मरण रहोस ममता र शान्ताको टीमले तिहारमा देउसी खेलेर संकलन गरेको रकम सबै उर्लाबारीका दुखी बिरामीहरुलाई  सहयोग गरेको थियो ।

    थापाको घरमा सोमबार साँझ आगलागी हुँदा उहाँकी ४५ वर्षिया बुहारी रिना थापाको मृत्यु भएको थियो भने घर पुरै जलेर नष्ट हुँदा रु ५ लाख बराबरको क्षति भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…