२४ कार्तिक,शुक्रवार २०७४ निर्वाचन आयो रे नि बज्यै? हो हो बाबू आयो नि भोट कसलाई दिने आमा? गठबन्धन भन्छन बाबू एमाले र माओवादीलाई हैन र? हो आमा सुर्यलाई र हसिया हथौडालाई है? अन्त त हातै लाग्दैन नि बाबू। पहिला हसिया हथौडालाई दिएको थिएं,यसपाली सुर्यलाई पनि दिने छु। कोहि पैसा बाड्दै आएका छन कि छैनन आमा? छैनन बाबू,हामी गरिबलाई कसले बाड्नु र? हो र आमा ती पैसा बाड्नेहरु हाम्रा मान्छे होइनन,ति जोकोही चाहिँ कुर्सी किन्न आएको हुनेछन,ख्याल गर्नुस है? यसो भन्दै हामी रातमाटेको उकालो उक्लिदै थियौं। पोहोरको चुनावमा हाम्रा माइकिङ्हरु सुर्यलाई प्रहार गर्दै र सुर्यले हसिया हथौड़ालाई उपहास गर्दै बजेका थिए। आज तिनै बज्यैले भने जस्तो हामी हाम्रो मत हाम्रै उज्यालो र समृद्दिलाई दिन्छौं भनेर हिजोका तिक्तताहरु आज एकै घरका परिवारका सदस्य जस्ता भइ अनेकतामा एकताको प्रयास बढ्दो छ। समाजलाई जोड्ने एकताको प्रयासकै सन्निकट निर्वाचन जसले प्रदेशको राज्यसरकार बनाउनेछ।हामी र हाम्रो मुख्य मन्त्री हाम्रै दाजुभाइ हुनेछन,यसको मतलब हाम्रो सत्ता हाम्रै बलेसिमा स्थापित हुनेछ। मन भरी धेरै कुरा खेले……… धेरै उकालीहरु उक्लिनै थियो,पानीले पनि दबेटीरहेको थियो,ओत लाग्ने बस्ती बाट धेरै टाढा बाट देखिएका ती गाउका घरहरु बिराला जत्रा देखिन्थे। निर्वाचनको सर्मागर्मिले मान्छेहरुको ओहोरदोहोर ,एउटा पर्व जस्तो माहोलका बिच हामी हाम्रा सहिदहरुलाई रगतको आँसु झार्दै सम्झिरहेका छौं,उनिहरुका पाइलाहरु नमेटीएका उकालीहरुबाट कोइलिको कोहोकोहोमा तिनै जनमुक्तिका धुनहरु कानसम्म गुन्जिन आइदिन्थे र ती प्रतिध्वनीहरुमा उनिहरुका आवाजहरुको स्मृतिहरु सुसाउथें,मुक्त कण्ठले इन्द्रावती रुवाइदिने आवाजहरु इतिहासमा बोकेर इन्द्रावती अश्रुनदी बहदै छिन। हाम्रा गोविन्दहरु,पदम, सावित्री,स्वतन्त्र,अनिस,चेतना, रमेश,सोमबहादुर,सत्कारहरुको अभावमा हामी हाम्रा अध्यारा,प्रकाशविहिन जंघारहरु कटिसकेका थियौं। डाडोमा कार्यक्रम ,जनसभा,चुनावी सभा,जिउदा योद्धाहरु र गठबन्धनका अतिथिहरु आसिन मन्चको वरिपरि सहिदका परिवारहरु रक्तिम झन्डाको वरिपरी खादा ओढेर मन्चमा आसिन थिए।त्यहा तिनै अनिस र पदमहरुका अभाव तर उनिहरुका आवाजका साक्षीहरुको भव्य समुपस्थितिका विच जनताको उत्साहले अभाव मेट्दै थियो भने उनिहरुका सपनाका स्पिकरहरु बज्दै थिए। क्रान्तिका हिमायतीहरुका भाषण,परिवर्तनका पक्षपातीहरुका भाषण,बामपंथी गठबन्धनहरुका भाषण हुनु पुर्व तिनै बालकहरु,तिनै गोविन्द घलेहरु,तिनै इच्छुक र तिनै दिलबहादुर रम्तेलहरुको सम्झनामा एक मिनेट मौन धारण हुँदै गर्दा आम जनताहरुको सपना लिलाम हुने हो कि सार्थक हुने हो का मुन्टाहरु उठिरहेका थिए। आजको यो समय हाम्रा उचित निर्णयहरुको पर्खाइमा छ । जनतामा जनचेतनाको अझै विकासको अभाव छ,जनताका आवश्यकताहरुको प्रवाह नगरेपछी जनताका रायहरु राज्यद्वारा दुर छन।आशा गरौं हामी कोहि पैसामा बिक्ने छैनौं,आशा गरौं हामी बम पड्केको नेपालमा टिन ठट्टाएर कोहि तर्सिने छैन।जसले महान उपलब्धिहरुलाइ कू गर्छ उसको अन्तिम विकल्पको पनि अर्को विकल्प नबनाइयोस,महान जनताले जित्ने र महान जनताको छोराले चलाउने जनसत्ता स्थापित त्यतिबेला मात्रै हुन पाउनेछ। आज सारा साम्राज्यवाद र विस्तारवादले नेपालको रमिताको व्यापार गर्ने सपना जुन सझाएको छ,त्यस्तो सपनालाई कुच्याउने साम्यवादी अस्त्रको जन्मले छिमेकी चीन दंग छ,अर्को छिमेकी भारत विश्व साम्राज्यवादसंग नया षडयन्त्रको सल्लाह गर्दैछ। तर महान जनताले समाजवादसग मात्रै सल्लाह गर्ने र समृद्दिसग मात्रै सम्झौता गर्ने भैसकेको परिस्थितिमा लालगेटको रङ्ग डढ्न थालेको छ,विस्तारवादको खुट्टा काप्न थालेको छ। ३.यो सबैको परिणाम आम जनताको जित जगजाहेर हुनेछ।हाम्रा अडानहरुमा खिया लागेन भने बोल्नेको पिठो बिक्ने,नबोल्नेक ो चामल पनि नबिक्ने बजार खारेज हुनेछ। राज्यले बिगतमा निमुखा भनाएकाहरुको राज्य स्थापना हुनेछ।राज्यले हेपेका र दबाइएकाहरुको सत्ता स्थापना हुदा प्रगतिशिल राष्ट्रवादले नकारात्मक सोच्ने दिमाग पाएको हुदैन।यो सबै सकारात्मकहरुले सहिदको बलिदानीको शक्ति प्राप्त गर्नेछ भने अतिवाद,देशद्रोहिहरुको जरा आफै काटिन थाल्नेछ।
लक्ष्मण चौलागाईं मेलम्ची नगरपालिका -१; भोटेचौर, "सिन्धुपाल्चोक" हाल : काठमाडौं