२५ कार्तिक,२०७४(शनिवार)
निकट भविस्यमा नै हउन गइरहेको पहिलो चरण अन्तर्गत ३२ जिल्लाको सघं र प्रदेश निर्वाचनमा सिन्धुपाल्चोक पनि पर्दछ।यहाँ पनि अन्य ठाउँ जस्तै रोचक र चर्चाको रुप लिएको छ निर्वाचन तयारीले अनि उठ्दैछ प्रश्न कस्ले मार्ला त बाजि??
अग्निप्रसाद सापकोटाले कि मोहन बहादुर बस्नेतले ? सि.पा प्रतिनिधि सभा क्षेत्र न.१ मा पुर्व सूचना तथा सञ्चार मन्त्री एवं माओवादि केन्द्रका प्रभावशाली नेता कमरेड अग्नि सापकोटा"कन्चन" बामगठबन्धनबाट मैदानमा हुनुहुन्छ भने बहालवाला सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत लोकतान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन। यहाँ दुबैको भिडन्त अत्यन्तै रोचक हुने भएको छ।
दैनिक जसो त्यो पार्टी बाट यो पार्टीमा यति प्रवेश र यो पार्टीबाट त्यो पार्टीमा यति प्रवेश भन्दै बारम्बार समाचारहरु आइरहेका छन। त्यो त कुन पार्टी बाट कुन कहा गएको भन्नेसत्य त चुनाव पश्चात् नै थाहा होला। म यो बिषयमा एउटा सुक्ष्म आलेख प्रस्तुत गर्न गइरहेको छु साथ साथै अपिल पनि । "हामिले हाम्रा जिजुबाजेको पालादेखी काङ्ग्रेसलाई पटक पटक बहुमत दिदै जिताएर लोप्पा खान विवश तपाई हामी आउनुहोस,एकपटक सबै मिलि सिध्याएर पनि हेरौ,मौका त हामिले दियौ र विश्वासको खडेरिमा सेक्किरहयौं।"
विगतदेखिको लामो इतिहासलाई मनन गरि हेर्ने हो भने पनि सबैभन्दा बढी सरकारमा बस्ने पार्टी नै त्यही काङ्ग्रेस पार्टी नै पहिलो हो, बिकासको नाममा सिन्को नभाच्ने पार्टी पनि त्यहि कांग्रेस पार्टी नै हो। जबजब चुनाव नजिकिदै गर्छ सरकारमा बस्न कै निम्ति जनता माझ झुठ आश्वासन दिदै भोट कुम्ल्याउने बंशाणुगत गुण सम्पन्न दल हो कांग्रेस, यसको निर्वाचनको माध्यमबाट प्रतिकार गरौ त्यसैमा हामी र हाम्रो जिल्लावासीको कल्याण र सदा सर्वदा हित हुनेछ।
सिन्धुपाल्चोक यदि समृद्ध सिन्धुपाल्चोक बनाउने हो भने कमरेड अग्नि सापकोटाको बिकल्प छैन, त्यसैले पनि अग्नि सापकोटा जिताउन सबै देशभक्त बिकास प्रेमी युवाहरु एकजुट भइ उहाँको जित सुनिश्चित गरौ भन्ने अनुरोध सबैमा जगजाहेर गराउन चाहन्छु। मैले नजिकै बाट नियालेका नेतामा पर्दछन कमरेड अग्नि सापकोटा।जसलाई जनताको स-साना कुरा बाट पनि धेरै चिन्ता हुन्छ,जनताको दु:ख गुनासो सुन्न आफै गाउँ टोल पुग्नु हुन्छ। उहाँको प्रसंशनिय कामहरु धेरै छन हामी बिच र अझै धेरै विकास निर्माण पनि उहाकै अपेक्षामा रहेको प्रती हामी आशावादी छौं । (प्रत्येकको हेर्ने नजर दुई खाले हुन्छन,जस्तो कि सकारात्मक र नकारात्मक, त्यो हेर्ने मान्छेको आ-आफ्नै दृष्टिकोणमा निर्भर हुन्छ ।
कसैलाई राम्रो पनि अपाच्य हुदो रहेछ) तर देखेर पनि नदेखे झै गर्ने ,बुझेर पनि बुझ पचाउने जनहरु अधिक छन,जो बिकास बिरोधिहरु हुन, समृद्दिका विरुद्द जाइलाग्ने दुर्जनहरु हुन। ०७२ सालको वैशाख १२ गतेको महाभुकम्पमा हाम्रो सिन्धुपाल्चोकवासीहरु धेरै नै दुःखद् घडीको सामना गर्न विवश थियौं , भुकम्प आउने क्रम जारिनै थियो ,हामी झनै सोचमग्न र त्रसित हुँदै थियौं ।यसै क्रममा कमरेड अग्नि सापकोटा पैदल यात्रा गर्दै पुरै सिन्धुपाल्चोकका वस्तिवस्ती पुग्नुभयो र उहाँकै पहलमा धेरैको उद्दार र राहत वितरण भएको थियो।
डा.बाबुराम भट्टराई लिएर मेरो आफ्नो गाउँ नाम्फा लगायत अन्य धेरै ठाउँ अवलोकन गर्न जानू भएको थियो कमरेड सापकोटा । उहाँको सान्त्वनाले हामिमा धेरै राहत अनि सहानुभूति मिलेको आभाष भएको थियो। म जस्तै नजिक बाट नियाल्ने धेरै हुनुहुन्छ, त्यसैले पनि सिन्धु बासिनले सापकोटालाई सहजै निर्वाचित गर्नुहुन्छ भन्नेमा म लगायत धेरै युवा कमरेडहरु ढुक्क छौं।
स्थानीय निकायको मत अनुसार १० हजार बढी मतान्तर भएको यो क्षेत्र बस्नेतलाई विजयी हात पार्न हम्मेहम्मे त पर्छ नै,महान सहिदहरुको रगत र बलिदानीले भिजेको हाम्रो सिन्धुपाल्चोक जिल्लाबाट हामिले हाम्रै योद्धा कमरेडहरुलाई अत्याधिक बहुमतले विजयी गराउन सफल हुन सक्यौं भने हाम्रो समृद्दी र हाम्रा विकासका योजनाहरु मृत हुन पाउने छैनन, बामगठबन्धनमा सबै परिवर्तन पक्षधर हरुले बिमती जनाउने छैनन भन्ने अपेक्षा गर्दै यो मेरो सूक्ष्म आलेखलाई यहि अन्त गर्दछु ।लालसलाम। लेखक सिलवाल जुगल गाउपालिका सिन्धुपाल्चोकबाट हुनुहुन्छ।