झिलझिले, पुस १४ ।
सेयर सदस्यको मन जित्दै शुलभ वचत तथा ऋण सहकारी संस्थाको आगामी ३ वर्षका लागि पुन कृष्णप्रसाद खरेल अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन ।
सो संस्थाको सचिवमा कृष्ण चन्द्र सेलिङ्ग सर्वसम्मत चयन भए । यसैगरी सदस्यहरुमा गोमा देवि पौड्याल, सनिता प्रसाई, ज्ञानेन्द्रवहादुर न्यौपाने, भिमसेन कडरिया, लक्ष्मी प्रसाद भट्टराई र पर्शुराम खरेल सर्वसम्मत चयन भए ।
यता लेखा समितिमा पनि साधरण सभाको वन्दसत्रले ईन्द्रप्रसाद प्रसाई संयोजक रहेको तीन सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । सो समिति को सदस्यमा राकेश रिजाल र शन्तोषी दाहाल चयन भएका छन ।