झापाको दमक–१ किरात चौकका १० बर्षे बालक विक्रम लावती यतिबेला भाइरल बनिरहेका छन् । दमकका सडकहरुमा गीत गाएर दैनिक एक हजारभन्दा बढी रकम संकलन गरिरहेका छन् ।
रातोकमललगायतमा समाचार प्रशारण भएपछि हामी उनको घरमा पुग्दा उनका काका बुद्धिमान लावतीसँग भेटिए । विक्रमको घरको अवस्था नाजुक देखेर बुद्धिमानले पहाडबाट आफैंसँग राखेर पढाइरहेका थिए । तर, पछिल्लो समयमा पढाईभन्दा गायनमा रुची राखिरहेका छन् । विक्रमले अशोक दर्जीकै सिको सिकेर सडकमा गीत गाइरहेको बुद्धिमान बताउँछन् । गीत गाएर घर बनाउने सपना देख्ने विक्रमको यतिबेला सबैको साथ र सहयोग खोजी रहेका छन् । हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=GT9Kf9n2BZw&fbclid=IwAR01hwIWcC0MIEc4GyWG5b0KPbkT1mPvCn8_ny9-hVX74Ur3e3YSGyWzup4