• पथरी ।  स्ववियू पथरी बहुमुखीले गर्न लागेको प्रथम महिला फुटवल प्रतियोगीतामा दुई बिध्यार्थी संगठनको नाम राखेर खेलाएको स्ववियू पथरी बहुमुखीले आरोप लगाएको छ । स्ववियू पथरी बहुमुखी क्याम्पस उपाध्यक्ष निता राईले संघठनको मर्यदा बिपरित अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा नगरस्तरीय महिला फुटबल प्रतियोगिता गरेको प्रेस बिज्ञप्तीमा उलेख छ ।
    स्ववियू पथरी बहुमुखी क्याम्पसले राईको संयोजकमा महिला फुटवल गराउने निणर्य अनुसार राष्ट्र खेलकुद परिसर र नगरपालिकामा आर्थिक सहयोगको माग गरेको थियो । तर यता सहयोग संकलन पछि उपाध्यक्ष राईले आफ्नो संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयोजनमा खेलकुद गराएको स्ववियू अध्यक्ष गोपाल साँवाले बताए ।
    उपाध्यक्ष राईले राखेपबाट ल्याएको रकम एक सेट जर्सि र २ ओटा फुटवलमा सकिएको मैखिक जानकारी दिएकी र स्ववियूलाई नगर खेलकुद परिसरबाट पास भएको पैसा समेत अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गराउने फुटवमा प्रयोग गरेको अध्यक्ष साँवाको भनाई छ । यता राष्ट्र खेलकुद परिसदमा भने न्यू स्टार क्लवको नाममा सहयोग उठाएको र आफ्नो मातहतको संगठनको नाममा खेल खेलाएको स्ववियू अध्यक्ष सावाले बताए ।

    अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले राखेपमा एउटा क्लवको नाममा सहयोग उठाएको र नगरमा अर्कै सस्थाको नाममा सहयोग उठाउदै आएको छ ।
    यता नगर खेलकुद परिसरका अध्यक्ष मनि लिम्बुले भने नगरमा भएको जुन सुकै खेलकुदमा नगरले सहयोग गर्ने गरेको मा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले खेलाउने फुटवलमा छुट्टै सहयोग गरेको बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…