• काठमाडौं । सामाजिक काममा क्रियाशिल संस्था माउण्ट एभरेष्ट सेवा समाज नेपालले आफ्नो पहिलो बार्षिक उत्सव भव्यताको साथ मनाएको छ । कतारमा रहनुभएका पदाधिकारीहरु तथा संस्थाका सदस्यहरु एकवद्धता भएर संस्था गठन भएको एक वर्ष पुरा भएको खुसीमा वार्षिकोत्सव मनाइको संस्थाका अध्यक्ष इन्द्र कटुवालले जानकारी दिनुभयो । उहाँले संस्था गठन भएर एक वर्षको अन्तरालमा धेरै सामाजिक कामहरु गर्न सफल भएको पनि जानकारी दिनु भयो । साथै सोहि अबसरमा माउण्ट एभरेष्टले अंग्रेजी नयाँ बर्ष २०१९ र टोपी दिवस पनि शुभकामना आदान–प्रदान गरि मनाएको छ । टोपी दिवस को अवसरमा सीता कोइराला (साया) संस्थाका सदस्यहरु साथै अन्य नेपाली दाजुभाइहरुलाई नेपाली ढाका टोपी लगाइदिनुभएको छ ।

    माउण्ट एभरेष्टमा रहँदा धेरै दाजुभाइ पाएको र आपसी सद्भाव र चेली माईतीको माया पाएको कोईरालाको भनाई छ । संस्थाको साथमा रहेर सामाजिक काममा क्रियाशिल रहने चाहाना पुरा भएको र यसलाई निरन्तरता दिने उहाँको भनाई छ । कार्यक्रम एकदमै भव्य र सब्य रूपमा सफल भएको थियो । यसै क्रममा सक्रिय सदस्य राजेन्द्र महर्जनको जन्मदिनको शुभकामना आदान प्रदान पनि गरिएको थियो । त्यसैगरी १२ जना नयाँ सदस्य संस्थामा जोडिनुभएको छ । वेदराज सुवेदी ,अम्बिका श्रेष्ठ,अम्बिका गुरुङ्ग, राजु कटुवाल,राजकुमार कटुवाल,संजिव कटुवाल,जगत कटुवाल,शुशीला भण्डारी,बिक्रम कुमार शाक्य,ज्ञानु न्यौपाने  प्रेम आचार्य  र खड्ग थापा मगर नयाँ सदस्यका रुपमा थपिनुभएको हो ।
    संस्थाकाअध्यक्ष इन्द्र कटुवाल, सचिव ईश्वरीप्रसाद रेग्मी, सहसचिव रोहि खनाल सल्लाहकार दीपक दाहाल लगायत अन्य सदस्यहरुले नयाँ सदस्यलाई स्वागत गर्नुभएको थियो ।


    संस्थाका अध्यक्ष कटुवाल सचिव ईश्वरीप्रसाद रेग्मी सदस्य राजेन्द्र महर्जन कर्मभूमि केही दिनको लागि छोडेर जन्मभूमि जाँदै गरेकोले सायाले खादा ओढाएर उहाँहरुलाई विदाई गर्नुभएको थियो । जतिवेला सबैको आँखा रसाएका थिए । यसै क्रममा बिभिन्न देशमा रहनुहुने पदाधीकारीहरुले पनि बार्षिक उत्सवको अवसरमा सामाजिक सन्जाल मार्फत खुशी साटेको प्रवक्ता योगेश दहाल बताउनुहुन्छ ।
    हल कतार,साउदी,साइप्रस, इन्डीया लगायतका विभिन्न देशमा श्रम गरिरहेका नेपाली युवाहरु यस संस्थामा आवद्ध छन् ।
    संस्थाका उपाध्यक्ष शोभा क्षेत्री कोषाध्क्ष प्रमिला भेटवाल र प्रवक्ता योगेश दहाल, कानुनी सल्लाहकार देबेन्द्र बुढाथोकी,प्रभा पण्डित सल्लाहकार राजकुमार खड्का,दीपक दहाल,एलपि खड्का,फुर्वा तामाङ,विजेता राई,जमिर गुगलकिंङ र रीतु राई लगायतले पनि यस अबसरमा खुशी साट्नुभएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…