• काठमाडौं । गीतकार लिना राईको रचना रहेको ‘मायाले त चौट मात्र दिदो रैछ’ को भिडियो सार्वजनिक भएको छ । लिनाको शब्दमा पुजा सुनुवार र भलकाजी राईको स्वरमा रहेको भिडियोमा सुनिता,किसोर,लामा भाई र निरुले अभिनय गर्नुभएको छ । मायामा प्रेममात्र नभएर त्यसभित्र पाईने पीडा र व्यथालाई रचनाकार लिनाले उतार्नुभएको छ ।

    पछिल्लो समय प्रेम बन्धनमा भोगिने समस्यालाई गीतमा टपक्क उतार्नुभएको लिनाको यो गीतको शब्द जति राम्रो छ । भिडियो र गायक गायीकाको स्वर पनि गीतको भाव अनुसार निक्कै राम्रो भएकोले लिना यो गीतबाट निक्कै आशावादी हुनुहुन्छ । भिडियोको निर्देशन जोन राईले गर्नुभएको हो । लिना राईको शब्दलाई पुस्कर सुनुवारले संगीत र एरेन्ज गर्नुभएको छ ।

    https://www.youtube.com/watch?v=-yLwnqBdrrg&feature=share

     


    को हुन लिना
    खोटाङमा जन्मलिएर काठमाडौंमा बस्दै आउनुभएकी लिना राई  दुई दशक देखी गीती लेखनमा सक्रिय हुनुहुन्छ ।
    २ सय वटा जति गीत कोरिसक्नुभएकी लिनाले आत्मसन्तुष्टीको लागि गीतको रचना गरेको बताउनुहुन्छ । जिवन भोगाईको क्रममा अनेकौं दुख सुखका पलहरु व्यथित गर्नुपर्दाेरहेछ,लिना भन्नुहुन्छ,त्यहि भोगाईका तिता मिठा क्षणलाई गीतमा उर्ताछु । आफ्ना गीत एल्बममा संग्रहित भएपछि लिनालाई थप उत्साह मिलेको छ । लिना भन्नुहुन्छ,दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया पाएकाले गीत लेखनमा थप उर्जावान भएको छु ।
    उहाँको लेखाईमा मौलिता र फरकपन रहेको छ । लिना मिलन बिछोड तथा राष्ट्रीय भावनाले ओतप्रोत गीत लेख्न रुचाउनुहुन्छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…