• विस २०७४ कार्तिक २६ By:ratokalam महान जनयुद्धका अथक योद्धा तथा सिन्धुपुत्र पुर्व सूचना तथा सन्चार मन्त्री क. अग्नि प्रसाद साप्कोटा ज्यु लाल सलाम । खै कुन शब्दको प्रयोग गरि सम्बोधन गरु कम्रेडलाई ! म अलमलमा छु, देशको राष्ट्रिय राजनैतिक परिवर्तनका फाटहरु दुई कितामा उभिएर एमाले नामको पार्टी हराएर वा माओवादी नामको पार्टी हराएर भएपनी क अग्निप्रसाद सापकोटा फेरि एक पटक सिन्धुका तमाम तामाङहरु माझ झुटो आस्वाशन बाड्न तिनै तामाङका युवा तन्नेरा तन्नेरिहरुलाई हुलका हुल हुलाउदै गर्दा चुनाबी माहोलले क्रान्तिकारी सदभाबका दयाली मनहरु समेत एकाएक क्रोधले भरिएको आभास हुन्छ, यिनै सन्दर्भमा क अग्निप्रसाद सापकोटालाई एउटा पत्र कोर्न बाध्य भएको छु,। देशलाई दुई ढुङ्गा बिचको तरुल सँग तुलना गर्ने उखान लहराएको त्यो बेला जति बेला म कक्षा ८ मा पढ्थे श्री रत्न राज्य माबी बराम्ची ९ चनौटे सिन्धुपाल्चोकमा । रंगिन जिबनको सम्पन्न र शुखी अनि शान्तिपुर्ण समाजमा जिबनयापन गर्ने मिठो उदेश्यले गुम्बाको तामाङ बस्तिबाट चनौटेको बाहुन बस्तिमा अवस्थित बिद्यालयमा अध्ययन गर्न बस्दा माओवादी नामको डर र त्रासले सहज रुपमा पढ्न लेख्न त पाईएन र पनि डराई लुकाई छिपाई पढेर एस एल सि पास गरे अनि प्लस टु पनि सके । मेरो बुझाईमा तपाईको सिकाइमा मैले एक बुर्जुवा शिक्षाको सर्टिफिकेट हात पारे । जति बेला नपढ्नु लढ्नु भन्ने सिकाइन्थ्यो तर जबर्जस्ति पढे । त्यो जनयुद्धको त्रासपुर्ण दिनहरुमा बुनेका सपना कोरिएका स्विजरल्याण्ड अर्को रुपमा नेपाल, नया नक्सा बनाएका नया नेपालको नया जिबन शैलीको सपना, भ्रष्टाचार रहित मुलुक ....... सम्झनाको बिर्कोहरु खोल्दै गयो भने यो गित पनि #बम बारुद बर्साउदै लाल झन्डा फहराउदै आयो रातो मान्छेहरु सामन्तिलाई तर्साउदै मिलेको गित मनै हरर संगित उस्तै,उस्तै संगित उनेका गित उस्तै आखै तिर्मिराउने नृत्यनाटक । कथित सामन्ती राज्य सत्ताको कालो पर्दाले छोपेको अन्धाभक्ताहरुको राज्य निति नबुझ्दै लाल झन्डावाला गितको मिठासले माओवादीका छाप र त्यो र यो समाजका असमानताहरु हटाउने अभियान अनि तास जुवा हटाउने कृतिम नाटक युवा तन्नेरा तन्नेरिको खाली मष्तिष्कलाई आकर्षण गर्ने खालका भाषाणले वि स २०६४ सालतिर देश लालझण्डामय बनेको गौरबमय ईतिहासका पानाहरु मैले भन्दा क अग्निले कोरिएर सुरक्षित राखिएको हुनुपर्छ ....... त्यसपछिका तितो यथार्थका इतिहरु नलेखु, बस सिन्धुका म र म जस्ता तामाङ र जनजातिहरुको मुल्यावान मतले क अग्नि अमुल्य कोहिनुर भएकोले क अग्निलाई आज सम्झिन मन लागेको हो । क अग्नि प्रसाद सापकोटालाई लेखिएको यो पत्रले अहिलेको म लोकतान्त्रिक कित्तामा उभिएर कोरिएको अवस्थामा मलाई विश्लेषण गर्दै पढ्नेले मलाई कांग्रेसको भरौटे देख्नेछ, र तिनिहरु सबै ब्यावसायिक राजनीतिक ब्यक्तिहरु हुन । सिन्धुपुत्र जनयुद्धका महान योद्धा क अग्नि प्रसाद सापकोटा सूचना तथा सन्चार मन्त्रीको सम्मनित कुर्सीमा आसिन हुँदा, अगाडी पछाडी सरकारी पहरेदारहरुले साईरन बजाउदै काठमाडौंको सडकमा ट्राफिक जाम गराउदै गर्दा अग्लो कदको कम्रेडको उचाई सगरमाथा सँग बराबरीमा पुग्दा हामी सिन्धुबासी खुशिले गदगद भएका थियौ । हिजो हामिले दिएको भोटले जितेका नेता आज फोन मन्त्री अखबर मन्त्री भएको छ रे अब हाम्रो कुना कन्दरा सिन्धुका अन्तरकुन्तरमा टेलिफोनमा बात मार्न सक्ने भो, चौरिगोठमा पिठो सकेको बाख्रा गोठमा नुन सकेको कुरा आमालाई सन्चो नभाको कुरा बाबालाई दुख भएको कुरा सब सब सुचना आदन प्रदान हुने भो भनेर । ......... तर विडम्बना आज मन्त्री नै ३ चोटी फेरिदा पनि सिन्धुपाल्चोकका स्थायी बासिन्दाहरुलाई ईन्टरनेटको कतिवटा आँखा हुन्छ भनी सोध्यो भने कि पंक्षी कि जनु होला सोचेर २ आखा भन्ने जवाफ आउछ, मोबाईलमा फोन गर्न नै अग्लो डाडाहरुमा उक्लि हिड्नु पर्छ भने अग्नि प्रसाद सापकोटाको उचाईको के अर्थ रह्यो, ????!!!??? बलेफी तेम्बाथान सडकलाई लिएर बेलका भरी लेखेर कन्ठा गरेर भोलिपल्टा चिनी भन्दा गुलियो भाषण दिद अरु त के पार्टी र, दुई रुपिया मागेर आधी रुपैयाको बिकास अनि डेढ रुपैयाँ नाफा कमाने मगन्ते रहेछ सोच्थे, तर कम्रेड अग्नि र आसेपासे सबै गफाडी पो रहेछ हैट, !!! त्यो बिपिका लिपिका कुरा, माओको बासी कुरा, लेनिनका गन्हाउने कुरा बाम होकि बम, लोकतान्त्रिक होकि ठोक तान्त्रिक,सिधाान्तका कुरा म बुझ्दिन बस जुगल गाउपालिका वडा न ३ गुम्बाको एक डाडामा टेलिफोनको टावर सिफारिस गरि सबै सामन लगेर काम सुरु गरिएकाले कम्सेकम फोन सुबिधा दिने रहेछ भनी यसपाली रुख चिन्हमा भोट हल्दै र भोट माग्दै मा मोहन बहादुर बस्नेत र राजेन्द्र कुमार श्रेष्ठलाई साथ दिदै छौ, । चुनाबमा बिजय पराजय जे भएपनी भोट माग्ने टोलि र दिने सबैलाई हामी यस्तो किसिमको ठोस भौतिक सुबिधाजन्य बिकास गर्छौ भनेर त कस्ले कुन पार्टिले पो भन्यो र जस्मा बिस्वस्ता हुन सकु, । बलेफी तेम्बाथान सडकलाई लिएर बेलका भरी लेखेर कन्ठा गरेर भोलिपल्टा चिनी भन्दा गुलियो भाषण दिद अरु त के पार्टी र, दुई रुपिया मागेर आधी रुपैयाको बिकास अनि डेढ रुपैयाँ नाफा कमाने मगन्ते रहेछ सोच्थे, तर कम्रेड अग्नि र आसेपासे सबै गफाडी पो रहेछ हैट, !!! त्यो बिपिका लिपिका कुरा, माओको बासी कुरा, लेनिनका गन्हाउने कुरा बाम होकि बम, लोकतान्त्रिक होकि ठोक तान्त्रिक,सिधाान्तका कुरा म बुझ्दिन बस जुगल गाउपालिका वडा न ३ गुम्बाको एक डाडामा टेलिफोनको टावर सिफारिस गरि सबै सामन लगेर काम सुरु गरिएकाले कम्सेकम फोन सुबिधा दिने रहेछ भनी यसपाली रुख चिन्हमा भोट हल्दै र भोट माग्दै मा मोहन बहादुर बस्नेत र राजेन्द्र कुमार श्रेष्ठलाई साथ दिदै छौ, । चुनाबमा बिजय पराजय जे भएपनी भोट माग्ने टोलि र दिने सबैलाई हामी यस्तो किसिमको ठोस भौतिक सुबिधाजन्य बिकास गर्छौ भनेर त कस्ले कुन पार्टिले पो भन्यो र जस्मा बिस्वस्ता हुन सकु, । बिगतमा त्यस्तो ठोस बिकास केहि नगरे पनि अबको जित पस्चात हामी देशलाई स्विजरल्यण्ड बनाउछौ भन्ने कुरामा बिस्वास गरि भोट माग्न हिडेका, अनि माओबादी भएकाले दुइ छाक खाएका हरु माओवादी नभएकाले गाउ छाडेका सबैलाई लाल सलाम । बिजय पराजय जे भएपनी बिना ज्याला आफुलाई दिन रात जोतिएको तमाम सिन्धुबासी जस्ले आफुलाई अग्नि समर्पित गरियो उनिहरु त्यग बलिदान समर्पण र कठिन योगदानको सम्बोधन गर्नु । २०६४ पछि गुम्बा गएको मिति छ भने टिपोट गर्नुस । बामपंथी र दामपंथी त्यहा बुझ्दैन क अग्निलाई भोट किन दिने प्रस्ट्याउनुस । एमाले कहा गयो जनता बुझ्दैनन, शाषण र सत्ताको स्वार्थामा लिप्त भै पार्टी बेचिएको भन्ने हल्ला छ जस्लाई चिरेर जानुस ।फेरि एक पटक आफ्नो बिना ज्यालामा हिडेका सबैलाई उनिहरुको जिबन र भबिस्यको बाटो देखाउनुस । अन्त्यमा आउदै गरेको चुनाबको अगृम शुभकामना ।

    सर्वाधिकार :जित बहादुर तामाङ गुम्बा ६ सिन्धुपाल्चोक जुगलगाउपालिका ३ गुम्बा सिन्धुपाल्चोक हाल लुभु ललितपुर

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…