• मोरङ । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खा केन्द्रीय समितिको १० राष्ट्रिय सम्मेलन फागुन दोस्रो साता सुनसरीको धरानमा हुने भएको छ । काठमाडौ कोटेश्वर स्थित केन्द्रिय कार्यलयमा हिजो (बिहिबार) भएको बैठकले फागुन १८, १९ र २० गते सुनसरीको धरानमा गर्ने निर्णय गरेको यायोक्खा महासचिव जीवन हाताचो राईले बताए । सम्मेलनको माहोलसँगै "प्रदेश नम्बर १ किरात प्रदेश"को नारालाई ब्याबहारिक रुपमा स्थापित गर्न गाँउगाँउमा अभियान चलाइने भएको छ ।

     

    सम्मेलनको उद्घाटन धरानको भानुचोकमा व्यापक जनप्रर्शन गर्ने निर्णय भएको छ । सम्मेलनमा २६ जिल्ला समितिहरु, ८ भातृ, २१ भाषिक संस्थाहरु १७ वटा विदेश शाखा संगठन हरु गरेर करिव ७ सय प्रतिनिधि पर्यवेक्षक सहभागी हुने कार्यवाहक अध्यक्ष दिवस राईले बताए । सम्मेलन सफल पार्न आर्थिक, प्रचारप्रचार, स्वयंसेवक, विधान संशोधन लगायत ९ वटा उपसमितिहरु गठन भएको उपमहासचिव जनक राईले बताए । तिलक राईको नेतृत्वमा रहेको कार्यकाल फागुन २६ गते सकिन्दैछ । यायोक्खाले प्रदेश १ को नाम किरात राख्न पहलकदमी र आन्दोलन गर्दै आएको छ । पूर्बी नेपालको १७ वटा जिल्लालाई ईतिहास, भूगोल र सभ्यताको आधारमा किरात नाम राख्नुपर्ने माग गर्दै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…