कार्तिक २७ ,२०७४
दाइ हिजो म युद्दमा घायल मान्छे
हाल मलेसियामा सडकमा काम गर्छु
मैले विगत हेरिसकेको मान्छे हुं दाइ
म हाल पसिना मलेसियामा बेच्दै
नेपालको बाम एकता र बाम गठबन्धको
कामना गर्दै खाडिमा निदाइरहेको योद्धा हुं
कामरेडका यी आवाज पछि
भक्कानिए मेरा मनहरु
घायल भए मेरा आक्रोशित मसि भरिएका
कलमका निबहरु कमरेड सुरज
निश्चय नै हामी आज अचम्मको भावुक दृष्य देखिरहेका छौं।म त योद्धालाई धेरै र भगवानलाई थोरै मात्र परम्पराको समर्थक झै समर्थन गर्दछु।
कमरेडका आजको नेपालको सस्थागत सपनाहरु
हिजो दुश्मनको किल्ला तोड्दै र धावा बोल्दै
आफुलाई अगाडिको लाइनमा लागेर बन्दुक र तोपसग प्रतिरोध गर्ने कमरेडहरु
आज घायल शरीर बोकेर खाडिमा मजबुरि गर्ने कमरेडहरु देखि
हिजो उहीँ सकेट र बन्दुक बोक्ने योद्दा
आज सडकमा चिराचिरा पाउहरु लिएर
तरकारी बेचिरहेको अवस्था देख्दा
खाडिमा बस्ने ती लाल योद्धाहरु र
नेपालमा नै रहनुहुने सबै ती जिउदा योद्दाहरु प्रती हार्दिक नमन गर्दछु।