• देबु बानियाँ
    बाहुनडाँगी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले जेसीजमा लाग्ने हरेक युवाहरुमा सकरात्मक सोच हुने गरेको बताउनु भएको छ ।
    शनिवार रजहर जेसीजको चौथो पदहस्तान्तरण कार्यक्रममा बोल्दै वर्ष २०१९ का अध्यक्ष सिनेटर पौडेलले समाजमा सकारात्म प्रभाव दिन सक्नु नै जेसीजको मुख्य उद्देश्य भएको बताउँदै उहाँले जेसीजका हरेक युवाहरु सकरात्मक सोचको विकास भएको बताउनु भयो ।
    युवाहरु यो समाज परिवर्तनका संबहाक हुन्’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष पौडेलले भन्नु भयो–‘जबसम्म युवाहरुलाई यो समाजको नेतृत्व गर्न अवसर दिइदैन तब सम्म समाज र राष्ट्रको विकासमा सधैँ पछि परिन्छ । जेसीज एउटा यस्तो संस्था हो जहाँ हरेक युवाहरुले नेतृत्व गर्ने अवसर पाउँछन् ।’
    पद हस्तान्तरण कार्यक्रममा रजहर जेसीज वर्ष २०१८ का अध्यक्ष चित्रध्वज जिसीले वर्ष २०१९ का अध्यक्ष सन्तोष थापालाई पदहस्तान्तरण गर्नु भएको थियो
    यसैगरी नवनिर्वाचित अध्यक्ष थापाले कार्य समितिका सबैलाई पद सपथ ग्रहण गराएका थिए । शाखाको कार्यकारी उपाध्यक्षमा राजु केसी र दुर्गा प्रसाद काफ्ले, उपाध्यक्षमा विक्रम कोइराला, नितु क्षेत्री,कृष्ण भुर्तेल ,कृष्ण लिम्बु चयन भएका छन ।
    कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाई, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् नारायणगढ जेसीजका अध्यक्ष अर्जुन अधिकारी, नेपाल जेसीजका निरुपित राष्टिय कार्यकारीणी उपाध्यक्ष जेसीज श्याम सुन्दर पौडेललगायतले बोल्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…