उर्लाबारी । उर्लाबारी जेसिजको आज सम्पन्न शाखा अधिबेशनले सन २०१९ को लागि अध्यक्षमा बिनोद ओलीलाई सर्वसम्मत चयन गरेको छ ।
कार्यकारी उपाध्यक्ष संजय कार्की र प्रदीप खनाल एवं उपाध्यक्षमा प्रेम शर्मा ,तुलसी श्रेष्ठ , टीका भट्टराई ,सन्देश शाक्य र जनसम्पर्क आधिकारिमा संगिता अधिकारी लाई सर्वसहमत रूपमा चयन गरेको निर्वाचन आयुक्त पवन भट्टराई ले जानकारी दिनुभएको छ । बिधानत अन्य पदाधिकारी पदस्थापन गरिने छ ।