• झापा । झापाको बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिने गरी शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको छ । तर, कांग्रेसले फरक मत राखेको छ ।
    उपससमितिको बैठकमा संयोजक भैरवबहादुर सिंहले प्रतिवेदन पारित भएको घोषणा गरेका हुन् । प्रतिवेदनमा ‘एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन तर, यो ऐन प्रारम्भ हुनु अघि सम्बन्धन पाइसकेका, आसयपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला बाहेकका शिक्षण संस्थाको स्थापना र सञ्ञ्चालन गर्न यो उपदफाले बाधा पुग्ने छैन’ भनिएको छ ।
    आसयपत्र लिई मापदण्ड पूरा गरेर सम्बन्धनको पखाईमा रहेको उपत्यका बाहिरको कलेज बी एण्ड सी मात्र छ । यो नेकपा निकट दुर्गा प्रसाईंको कलेज हो । कलेजले यसअघि काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिन खोजेको थियो । तर, केदारभक्त माथेमा आयोगले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नहुने सुझाव दियो । डा. गोविन्द केसीको २७ दिन लामो अनसन तोडाउने क्रममा सरकारले पनि त्यही माग पूरा गर्ने सहमति गर्‍यो ।
    सहमतिअनुसार नेकपाका प्रमुख सचेतक देव गुरुङले संशोधन पनि दर्ता गरेका थिए । प्रमुख विपक्षी कांग्रेसले पनि त्यही संशोधनलाई समर्थन गर्ने बताएको थियो । तर, छलफलमा नेकपाका सांसदहरुले डा. केसीसँग भएको सहमतिले उपत्यका बाहिर पनि ८/१० वर्ष मेडिकल कलेज नखुल्ने अवस्था आएको तर्क गरे । लामो गलफत्तिपछि नेकपाका सांसदहरुका जोडमा उपसमितिको प्रतिवेदनमा उपत्यका बाहिरको हकमा ‘एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नहुने’ व्यवस्था लागू नहुने प्रावधान प्रस्ताव भयो ।
    उपत्यका बाहिर खुल्न आसयपत्र लिई मापदण्ड पुरा गरेको हुनुपर्ने सर्त राख्नु अर्थपूर्ण छ । यदि यो हुबहु पास भयो भने उपत्यका बाहिर बी एण्ड सीले तत्काल सम्बन्धन पाउँछ तर, अरुले पाउँदैन । सरकारले नै नयाँ मेडिकल कलेज खोल्न चाह्यो भने पनि अर्को विश्वविद्यालयले सम्बन्धन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…