• बाहुनडाँगी । उदयपुर जेसीजको ८ औँ पदहस्तान्तरण सम्पन्न भएको छ ।  उदयपुर जिल्लाका गाइघाट बजारमा आयोजित विषेश समारोहकाबिच वर्ष २०१८ का अध्यक्ष धुब्र पोखरेलले वर्ष २०१९ का अध्यक्ष सन्तोषकुमार गुप्तालाई जेसीज चेन हस्तान्रण गरी सपथ ग्रहण गराउनु भएको थियो । अध्यक्षको सपथ ग्रहणपछि नव निर्वाचित अध्यक्ष गुप्ताले विभिन्न पदमा मनोनित गर्नु भएको थियो । महासचिवमा ललित कुमार नायक, कोषाध्यक्षमा सिताराम कार्की (सदिन) र कानुनी सल्लाहकारमा अनुप ढुङ्गानालाई मनोनित गरिएको छ । यस अघि भएको निर्वाचनमा कार्यकारीणी उपाध्यक्ष सबु थापा (शर्मिला) र कृष्ण पोखरेल, उपाध्यक्षहरुमा एकराज ढुङ्गाना, ताराबहादुर कार्की, ब्रह्मदेव महतो र बिष्णु कार्की सर्वसम्वत निर्वाचित भएका थिए । उनीहरु सबैलाई नव निर्वाचित अधयक्ष गुप्ताले सपथ ग्रहण गराउनु भएको थियो ।
    शाखा अध्यक्ष धुब्रकुमार पोखरेलको सभापतित्व तथा प्रदेश सभा सदस्य विमल कार्कीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा विषेश अतिथि नेपाल जेसीजका मुख्य प्रशिक्षक तथा लहान सिटीका पूर्व अध्यक्ष राजाबाबु शाह, वडा नम्बर १२ का अध्यक्ष विक्रम राई, वडा नम्बर १० का अध्यक्ष प्रकाश खड्का, वडा नम्बर ११ का अध्यक्ष विश्वराज भट्टराई, निर्वाचन आयुक्त एवम् शाखाका पूर्व अध्यक्ष कौषल दाहाललगायतले बोल्नु भएको थियो । संस्थापक अध्यक्ष मदनराज ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखाका कार्यकारीणी उपाध्यक्ष कृष्ण पोखरेलले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…