• बाहुनडाँगी, २२ पुस । विराटनगर जेसीजको ४६ औँ पदहस्तान्तरण सम्पन्न भएको छ ।
    शनिवार एक विशेष समारोहकाबिच वर्ष २०१८ का अध्यक्ष राजेन्द्र थपलियाले वर्ष २०१९ का अध्यक्ष सेवक बजगाईलाई आफ्नो गलामा भएको चेनलाई हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको छ । साथै नवनिर्वाचित अध्यक्ष बजगाईले आफ्नो समितिलाई पूर्ण गराउन विभिन्न पदमा मनोनित गर्नु भएको थियो । जस अन्तरगत महासचिवमा प्रितेशराज दहाल, कोषाध्यक्षमा सिद्धार्थ शाह, कानुनी सल्लाहकारमा प्रदिप दाहाल, सहसचिवमा बैजनाथ भगत र जनसम्पर्क अधिकारीमा मनिप ओझालाई मनोनित गरएको छ । यस भन्दा अघि भएको निर्वाचनबाट सिनियर कार्यकारीणी उज्वल खरेल, कार्यकारीणी उपाध्यक्षहरु विकास रौनियार र राजन पराजुली, उपाध्यक्षहरु अबिनाष थापा, केशव बस्नेत, विज्ञान बस्नेत निर्वाचित भएका थिए । उनीहरु सबैलाई नवनिर्वाचित अध्यक्ष बजगाईले सपथ ग्रहण गराउनु भएको थियो ।
    यसैगरी सोही समारोहमा विराटनगर जुनियर जेसीजको २३ औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१८ का अध्यक्ष मिलाप कर्णले वर्ष २०१९ की अध्यक्ष दिपा ओडारीलाई चेन हस्तान्तरण सुहित सपथ ग्रहण गराएका थिए । साथै अध्यक्ष ओडारीले बाँकी कार्यसमितिलाई सपथ ग्रहण गराएकी थिइन् । साथै समारोहमा नेपाल जेसीजमा वर्ष २०१९ का लागि निर्वाचित कार्यकारीणी उपाध्यक्ष यस शाखाका पूर्व अध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) लाई सम्मान गरिएको थियो ।
    विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीको प्रमुख आथित्यता तथा शाखा अध्यक्ष राजेन्द्र थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विषेश अथिति निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर रबिन पोखरेल, कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) शाखाका पूर्व अध्यक्ष गोपाल गुप्ता, विराटनगर पूर्व अध्यक्ष समाजका अध्यक्ष हरिहादुर श्रेष्ठलगायतले बोल्नु भएको थियो । पंकज सापकोटाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव देवचन्द्र घिमिरेले गर्नु भएको थियो । स्मरण रहोस्ः विराटनगर जेसीजले वर्ष २०१८ मा क्षेत्र क मै सबै भन्दा धेरै तालिम दिने शाखा समेत बनेको थियो । यसैगरी अध्यक्ष राजेन्द्र थपलिया यो वर्षका सफल अध्यक्ष मध्ये एक हुन् । उनकै कार्यकालमा शाखाबाट नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्ष पदमा पूर्व अध्यक्ष श्याम सुन्दर पौडेल मिलनलाई निर्वाचित गराउन उनको ठूलो भूमिका रहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…