२८ कार्तिक, मंगलबार २०७४ नेपाल हाल चुनावी राजनितिक शर्मागर्मीमा बेजोडले तातिएको छ।हरेक नेपाली नेपाली बिच पक्ष/ प्रतिपक्ष (दुश्मन र मित्र)को जस्तो सम्बन्ध यो राजनितिले देखाइरहेको छ।यो महासंग्राम कानुनी रुपमा र राष्ट्रिय हिसाबले मुलुकको नया राज्यव्यवस्थाको सस्थागत गर्नको लागि नै उद्यत छ भन्नेमा हामी सबै आशावादी छौं।हिजो महान जनयुद्द हुदा महान योद्दाहरु ढल्दा मासुभोज गर्ने नवअवसरवादी झुन्ड अहिले खुंखार क्रान्तिकारी जस्तो देखिएको मात्रै छ। जे होस ढिलै भए पनि एकात्मक सत्ताको प्रपन्चमा हाम्रो देशको राजनीतिले विश्व परिवेशलाई नै आश्चर्य चकित पारिदिएको छ।आफ्नै शक्ति टुट र फुट अनि असन्तुष्टिको माहोलमा जकडिइ रहदा हिजोको प्रतिगामी शक्तिसग एकताको उध्घोस गर्दै बाम गठबन्धन मात्रै बजारमा सुन्नमा आएको छ भने अस्पष्ट एकताको bargaining भित्रभित्रै हुनुले यो सत्ता हात पार्ने दाउपेचको धृष्टता मात्रै हो कि भने अड्कल पनि धेरैले गरेका छन् । असमझदारी ,तिक्तताले कार्यकर्ता बृत्तमा अँध्यारो मुख बनाइदिएको छ भने आम जनता भने चाहे जोसुकैले जितोस तर देशमा समृद्धि र विकास अनि सुशासन होसको कामना गरिरहेका छन् ।बाहिर बाट हेर्दा नेपालको राजनितिले नौ नौ महिनामा फेरिरहने सत्ता भन्दा स्थायी सत्ताको खोज गरेको भेउ पाउन सकिन्छ।यो देशमा जनसत्ता स्थापना होसको कामना गर्ने शक्ति,यो देशमा बैज्ञानिक समाजवादको लागि आवाज बुलन्द गर्ने शक्ति,यो देशमा संसदीय व्यबस्थालाई सस्थागत गर्ने ध्याउन्नमा लागेको शक्ति र निषेधको राजनितिका निम्ति एकीकृत जनक्रान्तिको उध्घोस गर्ने शक्तिहरु बिच एकै मन नहुदा स्थिर सरकार र दीर्घकालीन सत्ता बन्नेमा पनि शंका थपिनु विडम्बना नै भन्नुपर्छ। राजनिती राज्यव्यवस्था चलाउने कुट्निती हो।राजनिती जनतालाई समृद्द बनाउने निकाय हो।हिजोको राजनितिले जनता ढाट्यो ,आजको राजनितिले समझदारी गर्न सकेन।अनि अन्तरविरोध बढ्नु पनि स्वभाविक नै मान्नुपर्छ।किनकी आजको वयवस्थाका जननीहरु सबै समेटिएका छैनन तर नव अवसरवादलाई काखी च्याप्न हाम्रो नेतृत्व अभ्यस्त हुनुले भोलिका दिनमा को कसको टाउकोमा बम पड्किने हो भन्ने भयलाई राज्यले गम्भीरता पूर्वक नलिनु र सर्वसाधारणहरु मारिइरहनु हामी सबैका लागि दु:खद कुरा हो।हामिले स्थानीय निकायको पहिलो चरणमा जुन उत्साहले मतदान गर्यौं अहिले ती उत्साहहरु निराशाजनक बनिरहेका छन ,कारण बेमेलको राजनितीले उब्जाएका प्रश्नहरु नै हुन। यो निर्वाचन मुलुकको ऐतिहासिक निर्वाचन भएको सन्दर्भमा यसलाई सहज तरिकाले स्थापित व्यबस्था बनाउन बेमेलको मेल को अर्को विकल्प छैन, तर कतिको भोग खाए पछि यो सत्ता अडिन्छ? त्यो पनि भविस्य नै कुर्नुपर्ने देखिन्छ।हिजोका सहयोद्दा आज दुश्मन जस्तो हुनु,हिजो संगै युद्द मोर्चामा हाजिर योद्दाहरु आज राज्यको प्रत्यक्ष सम्बोधन बाट दुर हुनुमा अध्यक्ष कमरेड प्रचण्डको पनि कमजोरी पो हो कि ?किनकी माओवादी पार्टीका जिम्मेवार अध्यक्ष कमरेडलाई के भन्नू मन लाग्यो भने कमरेड तिक्तता बिहिन राजनितिको निमित्त बार्ता आव्हान गर्नुहोस,वैद्य कमरेड ,विप्लव कमरेड सग अन्तरवहस चलाउनुहोस र समस्याको निराकरण पनि तत्कालै खोज्न सक्नुभयो भने एउटा शक्तिशाली कम्युनिष्ट टावर नेपालमा ठडिन पाउनेछ र विश्व साम्राज्यवाद र विस्तारवादको प्रत्येक्ष /अप्रत्यक्ष चलखेल हराउन थाल्नेछ।हामी जति पनि टुटफुट,असहमती र बिमतिको राजनिती गर्छौं त्यसको जगमा अशान्ती,हत्या आतंकका शृङ्खलाहरु न आउलान भन्न सकिन्न।यो देशले सुशासन माग गरेको छ ,नेता र मन्त्रीहरुको भोगविलास पक्कै पनि माग गरेको छैन कि जस्तो लाग्छ।कति मात्रै रगत बगाउने यो बुद्ध भुमिमा?कति मात्रै आक्रोशको ज्वाला दन्काउने सीताको जन्मस्थलमा अनि कति मात्रै दबाउने सोझा र निरीह जनताको सपना??. हामी चाहन्छौं तपाइहरुको असन्तुष्टिको निराकरण ,हामी चाहदैनौं नेताहरुको स्थायी सत्ता,हामी मात्रै चाहन्छौ आम जनताको स्वार्थ सम्बोधित जनसत्ता ,जसले सोझासादा र निरीह अनि गरिब र विविध समस्याले पिल्सिएका जनताहरुको सम्बोधन गर्ने राज्यव्यवस्थाको स्पष्ट खाका ।यहाँनेर मात्रै भोटको प्रपन्च रचिन्छ भने भोटले भ्रमको पुरस्कार र निराशाको धोका नदिएला भन्न सकिन्न।कालुले बाघ आयो भने जस्तो जनतालाई समृद्दिको लोभ देखाएर पुन: पनि जनताको ढाडमा दाल दल्ने सत्ता स्थापित भयो भने त्यसको घाटा त्यही सत्ताले बेहोर्न वाध्य हुनेछ।हामी सबैले कामना गरेको माओवादी एकताले बाम एकताको घोषणा गरेन बरु गर्यो बाम गठबन्धनको घोषणा किन? किन हुन सकेन बाम एकताको घोषणा भने पछि यो जनतालाई निर्वाचन बाट झुक्याउन गरिएको पहिलो झुट नबनोस,हामी हार्दिक अपिल र आग्रह गर्दछौं हाम्रो नेतृत्वलाई ,हामी सोध्न चाहन्छौ हाम्रो नेतृत्वलाई हिजो १० वर्षे जनयुद्द लड्दा घाइते भएका योद्दाको सम्बोधन खै?घाइतेलाई जीवन् भर राज्यले पेन्सन दिनुपर्छ,जनयुद्दमा वीरताका साथ शाही दुश्मन विरुद्द लड्ने आम जनमुक्ती सेनालाई आजिवन पेन्सनको ग्यारेन्टी खै?सत्ता सत्ताले त नेताको भोगविलास र सुविधा मात्रै भरिपूर्ण हुने हामिले अड्कल गरेका छौं।महान सहिदका बाबू आमालाई राज्यले हेरचाह गर्नुपर्छ,सहिदका बाबू आमा आजको राज्य देखि अपरिचित छन,युद्धमा आफ्ना सारा साखा सन्तान गुमाएकाहरु औषधोपचारमा बिमुख छन भने हाम्रो राजनितीको ठेकेदारलाई थोरै मात्रै टाउको दुख्यो भने विदेश सयर क्या आनन्दको विलास छ है हाम्रो नेताहरुको ?? क्या मीठो कमाइ छ हो हाम्रो सत्ताको ……एकपटक राष्ट्रपति /प्रधानमन्त्री हुनेलाई जीवन भर राज्यको ढुकुटीबाट सेवा सुविधाको व्यवस्था ,यस्तो वाइयात उडुसे सिस्टम खारेज हुनुपर्छ।राजनितिलाई पेशा होइन /राष्ट्र सेवाको रूपमा ढाल्न सक्नुपर्छ।निर्वाचन आउदा सारा जनताको आवश्यकता घोषणापत्रमा लेख्न सक्ने राजनितिले झुट र भ्रमका मसिहरु पुछ्नु पर्छ। भिभिआइपी सेवा सुविधा सबै खारेज नगरे राजनिती जहिले मोटो र जनता जहिले दुब्लो हुने कुरामा जति नै मीठो भाषण गरे पनि समृद्दी एकादेशको अर्थ न बर्थको कथा हुने सत्यलाई राजनितिका ठेकेदारहरुले स्विकार गर्न सक्नुपर्छ।हामी परनिर्भर हुनुपरेको ,हामी खाडी भासिनु परेको मुख्य कारण नै यो देशको राजनिती पेशा भएर हो ,यदि यो पेशा नभएर राष्ट्रसेवा हुन्थ्यो भने हामिले नेपाली राजनितिमा असन्तुष्टि र तिक्तता बेहोर्नु पर्दैन थियो,कसैको प्रतिशोधको सिकार अवोध जनता हुनुपर्दैनं थियो भनेर नेपाली राजनितीका हस्ती र हिमायतीहरुलाई ध्यानाकर्षण गराउनु हामी आम नेपालीहरुको बाध्यता भएको छ। ठुलालाई चैन,सानालाई ऐन,सानालाई सिधै हत्कडी र मोटो दलालको कारबाहिका लागि दुई तिहाइ यी सबै राजनिती भित्रका आश्चर्य र अनौठा तिक्डमबाजी हो भन्दा अतिशयोक्ती नहोला।यहाँनेर पूजिवादी र सामन्तीहरुलाई कानुनले छुदैन,उसले भ्रष्टाचार गरेको सम्पत्तिको सर्टेन पर्सेन्ट धरौटीमा दलाल र भ्रष्टले उन्मुक्तिको श्वासप्रश्वास गर्न पाउछ भने हामी जस्ता निम्न बर्गका मध्यम स्तरका नागरिकले जेलमा निसास्सिन विवश हुनुपर्छ।यस्तो पूजिवादी कानुन संशोधन हुनुपर्छ अनि मात्रै समानताको ज्योती प्रज्वलन हुनेछ।हिजो १७००० को रगत पोखिएको बुद्ध भुमिमा आज नेता हासिरहेको छ,आज उम्मेदवार नाचिरहेको छ, तर आज जनता रोइरहेका छन ,कसले देख्छ जनताको भोको पेट र जनताको आखाको आँसु ?हो त्यही देख्न सक्ने खाले राजनिती हामी र हाम्रो उत्कट चाहना हो । यहाँ त आफ्नो सर परेको खन्डमा आफू लाहुरे बन्ने राजनितिले निजि पुस्तैनी सपना साकार पार्न उद्यत छ भने जनता जनार्दनको नाम नेपालको राजनितिले भोट माग्ने बेलामा मात्रै उच्चारण गर्नुलाई चरम अवसरवादको संज्ञा दिन मन लाग्छ।राजनितिले जनताको आवश्यकताको नाममा आफ्नो धृष्टता मात्रै पूरा गर्न खोज्छ भने त्यो जनताको नाममा ठगी हुनेछ। जनतालाई विभिन्न नामधारी वयवस्थाले ठगिरहयो, अब यो लोकतान्त्रिक व्यवस्थाले पनि ढाट्यो र छल्यो भने आज समर्थनको ताली पड्काउने जनताका हातले भोलि राजनेताहरुको गाला नपड्काउलान भन्न सकिन्न।राज्यको सत्ता बाट बहिर्गमन हुदा १० वर्ष अमेरिका बसेर घर आएको लाहुरे जस्तो सुविधाहरु समुल अन्त्य हुन सकेन भने यो देशले खोजेको वयवस्था आकाशको फल आँखा तरि मर जनता नबन्ला भन्न सकिन्न। हाल नेपाली राजनितिको शर्मागर्मी भित्र देखिएको एउटा अप्रिय तश्विर विपक्षीलाई विभिन्न आरोप र आक्षेप लगाउदै पेलान गरेको देख्दा यहाँनेर अर्को विचार र अर्को आस्था माथि अमानविय प्रहार जस्तो लाग्नु लोकतान्त्रिक मुल्य र मान्यता भन्दा पनि पेलानको राजनितिक सुरुवात पो हो कि भन्ने विश्लेषण गर्न चाहन्छु।प्रतिपक्षी उम्मेद्वारलाई राक्षस जस्तो बनाएर भाषण गर्ने स्वतन्त्रताका वीरहरु देख्दा टिठ लागेर आउँछ,शक्तिहिन माथी शक्तिशालीहरुको आक्रमण जस्तो के सबै नेपाली जुन दलेले जिते पनि विरोध ,हप्कि र खप्की सहनुपर्छ?यद्यपि उ कांग्रेस होस या राप्रपा,माले होस या मसाले किन गर्ने विरोध?संसदीय वयवस्थामा प्रतिस्पर्धा गर्ने भनेर निर्वाचन गरिएको होइन र?प्रतिस्पर्धा नै नगर्ने भए किन संसदीय व्यवस्थाको निर्वाचन गर्न लागेको?नेकपाका महासचिवले भने झै सिधै जनताको सत्ता किन घोषणा नगरेको?किन बगाएको त्यत्रो अर्बौं रुपैयाको महाकाली कथित निर्वाचनको नाममा?? स्वस्थ प्रतिस्पर्धा गर,निर्वाचनलाई चाडको रूपमा शान्तिपूर्ण तवरले सम्पन्न गर।यहाँ यो लोकतान्त्रिक व्यवस्थामा कुनै पक्ष र प्रतिपक्ष विच द्वन्द्व भन्दा मिलनसारका बिन्दुहरु पहिल्याउदै राजनिती गर्नुहोस नेता ज्युहरु?कोहि कसैको राजनितिले पालिएका छैनन यहाँनेर ,सबैले आफ्नै दु:खको मानो खाएका छन,कुनै सिंहदरबारका नेताले कुनै जनताको चुल्होमा आगो बालिदिएको छैन बरु दैनीक उपभोग्य बस्तुहरु बाट ब्रम्हलुट मच्चाउदै निरीह र गरिब जनताको ढाडमा दाल भने दलेको छ ,हो त्यस्तोको विरोध गर्नुहोस।मलाई कालो रङ्ग मन पर्छ भने अर्को भाइलाइ रातो रङ्ग मन पर्ला,अर्को भाइलाई सेतो रङ्ग मन पर्ला कसैले यहि रङ्ग तैले मन पराउनुपर्छ,तैले यहि काम गर्नुपर्छ भनेर कुनै माइकलालले दिएको आदेश मान्न त उसले जनता जनार्दनको सेवा र सम्मान गरेको हुनुपर्छ।यो देशको समृद्धिको बाधक कांग्रेस होइन,यो देशको समृद्दिको बाधक त हाम्रै तिक्तता र ग्लानी हो ,हो त्यही ग्लानी र तिक्ततालाई अन्त्य गर्दै स्वच्छ प्रतिस्पर्धा मार्फत तपाइहरुको कुन वयवस्था स्थापनाको जोड हो यो निर्वाचन त्यतातिर जोड्नुहोस।यहाँनेर एउटै वस्तिको भाइ कांग्रेस भनेर एमाले बाट हेपिनु,राप्रपा भनेर माओवादी बाट हेपिनु अनि मसाले भनेर अर्को दल बाट हेपिनु र हप्किदप्की र खप्की खानु के यहि हो स्वतन्त्र राज्यको परिकल्पना ?? निश्चय नै होइन।यो त जनतालाई उचालेर ,मासलाई तताएर आफू लाहुरे बन्ने अभ्यास हो।अब यस्ता नाथे Oversmart धङधङीलाई अन्त्य गर्दै सबैलाई समान नजरले हेर्दै ,सकारात्मक राजनिती हाम्रो राज्यले गरोस भनेर हामी कामना गर्दछौं।एउटै देशको नेपाली राजनिती प्रतिशोधको सिकार नबनोस।यो पक्तिकारले आफ्नै जन्मभुमिमा लोकल राजनितिको प्रतिशोध आज भन्दा १९ वर्ष पहिले नै बेहोरेको थियो। त्यहाको स्थानिय निर्वाचनमा जित्नेले हाम्रा वारि,खेतहरु भीर हुने गरि भत्काइदिएको थियो,थोरै मात्र जमिन काट्दा साझा बस गुड्ने बाटो बन्ने स्थानमा हामी माथी स्थानिय राजनितिक बलमा हेपाहा प्रतिशोध कस्सिएर लागेको थियो र उसले डोजर लगाएर हाम्रो उठिवास लगाइदिएको थियो,यस्ता प्रतिशोध अबको राजनितीले नदेखाओस भनेर हामिले अनुरोध हाम्रो राज्यलाई गरिरहन नपरोस।हामी आम नेपाली सबै बराबरी ,हामी कसैको बैरी बन्नु नपरोस। हामिले कसैको कथित राजनितिको निशानामा परेर विभिन्न अवरोधहरु सहन गर्नु नपरोस।यहाँ कोहि कांग्रेस ,कोहि राप्रपा ,कोहि माले र कोहि मसाले अनि कोहि मन्डलेको नाममा कुनै माइकलालको हेपाइद्वारा चेप्पिनु नपरोस।सबैलाई समान नजरले हेर्ने लोकतन्त्र आजको आवश्यकता हो।चैतन्य प्रवृत्ति हिजोको राजनितिमा चल्थ्यो तर आजको राजनिति हिजो भन्दा विल्कुलै भिन्न छ,यहाँनेर कोहि कसैको भुसतिघ्रे शक्ति देखि दब्ने छैनन,बरु मृत्युलाई सहजै निल्न सक्ने नेपाली वीरहरु दिनदिनै जन्मदै छन हेक्का रहोस भन्दै यी हरफहरुलाई यहि अन्त: गर्दछु ।लालसलाम ,क्रान्तिकारी अभिवादन सहित जय जनता जनार्दन। अस्तु।।
मेलम्ची न.पा.१;सिन्धुपाल्चोक हाल: काठमाडौं