• बाहुनडाँगी । म्याग्दी जेसीजको वर्ष २०१९ का लागि खम बहादुर थापा अध्यक्षमा सर्व सम्वत निर्वाचित भएका छन् । शाखाको २० औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट थापालाई अध्यक्षमा चयन गरिएको हो । शाखाको  कार्यकारीणी उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ र सुजन बरुवाल, उपाध्यक्षहरुमा रमेश आचार्य र समुन बानियाँ निर्वाचित भएका छन् । यसैगरी नव निर्वाचित अध्यक्ष थापाले महासचिवमा सन्दिप खत्री, कोषाध्यक्षमा अर्जुन पौडेल, कानुनी सल्लाहकारमा नारायण बराल र शाखा सम्पादकमा भिमनाथ शर्मालाई मनोनित गरेका छन् । यसैगरी सल्लाहकारमा दिनेश बरुवाल, शैलेश श्रेष्ठलाई चयन गरिएको छ ।

    वर्ष २०१८ का अध्यक्ष कमल विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जष्कुमार श्रेष्ठ, सशाखाका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उत्तमकुमार कर्मचार्य, इश्वर श्रेष्ठ, रामकृष्ण बराइली, भिमसेन बराइलीलगायतको सहभागिता रहेको थियो ।
    म्याग्दीमा रहेर सामाजिक, खेलकुद, स्वास्थ्य तथा युवाहरुको क्षेत्रमा उल्लेखीय कार्य गर्दै आएको यो शाखा यस वर्ष नेपाल जेसीजबाट उत्कृष्ट कार्य गरेबापत राष्ट्रिय अवार्ड थाप्न सफल भएको शाखा समेत हो । स्मरण रहोस् यो शाखाले विद्यालय स्तरमा गरिने फुटबल प्रतियोगिता देशकै सर्वाधिक राशीको प्रतियोगिताको आयोजना गर्दै आएको छ । जुन प्रतियोगिता जिल्लाकै चर्चित प्रतियोगिता समेत हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…