• बाहुनडाँगी । मनोहरा जेसीजको दोश्रो पदस्थापन कार्यक्रम आइतवार सम्पन्न भएको छ । शाखाले वर्ष २०१९ का लागि रजनी थापालाई अध्यक्षमा निर्वाचित गरेको थियो । कागेस्वरी नगरपालिकाका मेयर कृष्णहरि थापा को प्रमुख अतिथ्यमा सम्पन्न पदस्थापना कार्यक्रमा निर्वाचित अध्यक्ष थापालाई वर्ष २०१८ का अध्यक्ष सागर भट्टले चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो ।
    अध्यक्ष थापाले कानुनी सल्लाहकार होमराज श्रेष्ठ , महासचिव सागर रोक्का , कोषाध्यक्ष शोभा बस्नेत सिंहलाई मनोनित गर्नु भएको छ । यस अघि कार्यकारीणी उपाध्यक्षहरुमा निशान्त गौतम र रोजी अधिकारी , , उपाध्यक्षहरुमा प्रियंका श्रेष्ठ , अस्मिता बोहोरा , सुजिन थापा, पेमा नम्ग्यल शेर्पा निर्वाचित भएका थिए । उनीहरु सबैलाई अध्यक्ष थापाले सामुहिक सपथ ग्रहण गराउनु भएको थियो ।
    कार्यक्रममा नेपाल प्रहरीका पुर्व एआईजी जय बहादुर चन्द बिशेष अतिथिका रुपमा रहनुभएको थियो ।
    नेपाल जेसिजका क्षेत्र ग का लागि निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अमिस ढकाल , राष्ट्रिय उपाध्यक्षहरु , मोहन डाँगी , सिनेटर ईनु थापा , सुमन कृष्ण श्रेष्ठ , हरी शर्मा लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि कागेस्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले आफु जेसिज संग मिलेर सेवामुलक कार्य गर्न उत्सुक रहेको बताउदै नगरपालिका भित्र वडा नं । १ देखि ९ सम्म जेसिजको कार्यक्रममा साथ र सहयोग दिने बचनबद्धता समेत व्यक्त गर्नुभयो
    बर्ष २०१९ का लागि मनोहरा जेसिजका पदस्थापित अध्यक्ष रजनी थापाले युवाहरुको साझा संगठन जेसिज नेतृत्व र व्यक्तित्व बिकास गर्ने संस्था भएको र आफुले पनि यसै संस्थामा लागेर नेतृत्व विकास गरेको भन्दै सबै सदस्यहरुलाई सहभागी हुन् आग्रह गर्नुभयो । वर्ष २०१८ का अध्यक्ष सागर भट्टले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै पदाधिकारी र अन्य सबै साथीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…