• खोला तटबन्धन र खानेपानी योजनाको अनुगमन
    उर्लाबारी/मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू(कुशल) ले आफ्नो क्षेत्रका विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।
    प्रदेश नं. १ सरकारबाट सबैभन्दा धेरै आफ्नो क्षेत्रमा योजना पार्ने सांसद लिम्बू नै हुन् । आम जनताको साथ र सहयोगका कारण आफूले चुनाव जितेको बताउँदै जनतालाई अनुभूति हुने गरी विकास निर्माणका काम गर्ने प्रयास गरिरहेको सांसद लिम्बूले बताए । बुधबार सांसद लिम्बूले उर्लाबारी–७ को मावा खोला तटबन्धनको अवस्थाबारे स्थलगत अनुगमन गरेका छन् । प्रदेश सरकारको ८ लाख र स्थानीयको ३ लाख रुपैयाँ संकलन गरी तटबन्धन गरिएको छ ।

    २ सय मिटर क्षेत्रमा तटबन्धको काम भएको स्थानीय खगेन्द्र गुरागाईले जानकारी दिए । अस्थायी तटबन्धन भएकाले दिगो तटबन्धनका लागि सम्बन्धित निकायले ध्यान दिनु पर्नेमा उनले जोड दिए । उक्त अनुगमनमा सांसद लिम्बूसहित जीवन बचाउ उपचार गृहका इन्चार्ज रविन दाहाल, समाजसेबी मानबहादुर श्रेष्ठलगायत उपस्थिति रहेका थिए ।
    त्यस्तै, प्रदेश सांसद लिम्बूले उर्लाबारी– १ लक्ष्मीझार खानेपानी आयोजनाको पनि बुधबारै अनुगमन गरेका छन् । प्रदेश सरकारको २० लाख रुपैयाँ लगानीमा निर्माण भइरहेको उक्त खानेपानी आयोजनाका काम तीब्र गतिमा अघि बढाउन उनले आग्रह गरे । अनुगमनमा उर्लाबारी–१ का वडाध्यक्ष मचिन्द्र कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…