• इटहरी । निर्माता तथा कलाकार प्रकाश सुब्बाले बाल मनोविज्ञानमा आधारित चलचित्र ‘मिराज’ निर्माण गरेका छन् । मंगलबार फिल्मको पोष्टर सार्वजनिक गरिएको छ ।

    चलचित्रमा प्रकाश १५ वर्षको बालक र ३० वर्षको युवकको भूमिकामा देखिएका छन् । १५ वर्षको बालकको भूमिका निर्वाह गर्नका लागि उनले २० किलो तौल घटाएका थिए ।

    पूर्वी नेपालको विभिन्न स्थानका दृश्य समेटिएको फिल्ममा अशोक चेम्जोङ, रुबी आचार्य, गुरु लामा कार्की, सरोज केसी, तीर्थ यक्सो, शिशिर सुवेदी, केशव रायमाझी, दिनेश कोइराला, भीम लामालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

    उक्त चलचित्र बनाउन तीन वर्ष लागेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा संगीतकार बलराम समाल र मनोज मोतेको दुई वटा गीत रहेका छन् । ‘मिराज’ बाल मनोविज्ञानमा आधारित पहिलो चलचित्र समेत रहेको निर्माण पक्षले दावी गरेको छ ।

    सन्पेन्स रहेको चलचित्र बैशाखमा प्रदर्शन हुने निर्माता सुब्बाले जनाएका छन् । प्रकाश सुब्बाले यसअघि त्रास, बाटो मुनिको फूल २, गोल लगायतका चलचित्रमा अभिनय गरेका छन्

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…