•  

    धनगढी : यहाँ जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप’ प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले मोरङ फुटबल क्लबमाथि सहज जित निकालेको छ ।

    नेपाल पुलिसले मोरङ फुटबल क्लबलाई ३–० गोलले पराजित गरेको हो । तीर्थ रानाले ह्याट्रिक पूरा गरेसँगै नेपाल पुलिसले मोरङमाथि सहज जित निकालेको हो । जितसँगै नेपाल पुलिस क्वाटर फाइनलमा प्रवेश गरेको छ । पुलिसले खेलको शुरुआती समयदेखि मोरङमाथि दबाब बनाएको थियो । खेल शुरु भएको सातौँ मिनेटमा पहिलो गोल गरी तीर्थले पुलिसलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । पैँतीसऔँ मिनेटमा अभिषेक रिजालको उत्कृष्ट ‘मुभ’मा तीर्थले पुलिसको अग्रता दोब्बर पारे ।

    दोस्रो हाफमा पनि पुलिसले आक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा आक्रमण गरिरह्यो । दोस्रो हाफको इन्जुरी समयमा अभिषेकको पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । आजको खेलमा तीर्थ खेलको म्यान अफ द म्याच घोषित भई रु १० हजार पुरस्कार पाए । पुलिसले अब यही पुस २९ गते हुने क्वाटरफाइनलमा मनाङ–मस्र्याङ्दीको सामना गर्नेछ । बिहीबारको खेल भ्याली च्यासल युवा क्लब र दिल्ली युनाइटेडबीच हुनेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…