• काठमाण्डु, २९ कात्तिक–


    जीवन बीमाले बीमा क्षेत्रमा नयाँ तरंग ल्याएको छ । बीमा कम्पनीको संख्यात्मक वृद्धिसँगै बीमा शिक्षा पनि बढ्न थालेको छ । यसअघि नौ वटा जीवन बीमा कम्पनी संचालनमा रहेकोमा चालू आर्थिक वर्षमा सात वटा जीवन बीमा कम्पनी थपिएका छन् भने तीन वटा थपिने क्रममा छन् । निर्जिवन बीमा कम्पनीहरु पनि थपिने क्रममा छन् । बीमा कम्पनीहरुको संख्यात्मक वृद्धिका कारण अब बीमाको पहुँच विस्तारमा मद्दत पुग्ने भएको छ ।

    नयाँ बीमा कम्पनीहरु तीव्र गतिमा अघि बढ्दै
    नयाँ जीवन बीमा कम्पनीहरु शाखा विस्तार, कारोबार लगायतमा तीव्र गतिले अघि बढिरहेका छन् । यी कम्पनीहरुले छोटो अवधिमा नै राम्रो पिमियम संकलन गरेका छन् । संचालनमा आइसकेका जीवन बीमा कम्पनीहरुमध्ये, चार वटाले प्रथम त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । लक्ष्मी पुजाको दिनबाट कारोबार थालेका सानिमा र सिटिजन्स लाइफ इन्स्योरेन्सले विवरण सार्वजनिक गरेका छैनन् भने युनियन लाइफ इन्स्योरेन्स विवरण सार्वजनिक गर्ने तरखरमा छ ।

    असार २० गते स्वीकृति पाएर भदौ १ गते बिहीवारदेखि कारोबार सञ्चालन गरेको आईएमई लाइफले असोज मसान्तसम्ममा सात सय २१ ओटा बीमालेख जारी गरेको छ । उक्त बीमालेखबाट करीब ४१ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेको छ । हालसम्म २० वटा शाखा विस्तार गरिसकेको कम्पनीले चालू आर्थिक वर्षभित्रमा ५५ शाखा पुर्याउने लक्ष्य लिएको छ ।

    असोज ६ गते कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले पाँच लाख ८८ ओटा बीमालेखबाट दुई करोड २८ लाख रुपैयाँ सङ्कलन गरेको छ । सोही दिन कारोबार सुरु गरेको युनियन लाइफ इन्स्योरेन्सले सवा दुई करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

    त्यस्तै, असोज १० गतेदेखि कारोबार शुरू गरेको ज्योति लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्ममा ७७ ओटा बीमालेखबाट २३ लाख ६० हजार रुपैयाँ प्रिमियम सङ्कलन गरेको छ । यो अवधिमा कम्पनीले ५६ ओटा सावधिक जीवन बीमालेख, २० ओटा सामान्य म्यादी जीवन बीमालेख र एउटा आजीवन बीमालेख जारी गरेको छ । हालसम्म ज्योतिले १४ ओटा शाखा खोलिसकेको छ । रिलायबल लाइफ इन्स्योरेन्सले एक हजार चार सय ८७ ओटा बीमालेख जारी गरी ७३ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेको छ ।

    बीमाबारे चासो बढ्दै
    नयाँ बीमा कम्पनीलगायत पुराना कम्पनीहरुले समेत शाखा विस्तारलाई तीव्र रुपमा अघि बढाएका कारण सर्वसाधारणहरुमा बीमा चेतना बढ्न थालेको छ । गाउँगाउमा बीमा कम्पनीहरु विस्तारित हुन थालेपनि सर्वसाधारणहरुले पनि बीमोका महत्व र आवश्यकताबारे चासो राख्न थालेका छन् । त्यसमाथि, संचार माध्यमबाट बारम्बार बीमा, बीमा कम्पनी संचालन, बीमाको महत्व, आवश्यकता लगायतका विषयमा समाचार र सूचनाहरु प्रकाशित भइरहँदा सर्वसाधारणहरुमा यसप्रति चासो बढ्दै जान थालेको छ ।

    स्वास्थ्य बीमा कार्यक्रमको प्रभाव
    त्यसमाथि, सरकारको स्वास्थ्य बीमा कार्यक्रमका कारण पनि बीमा गराउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । गाउँगाउँमा नै स्वास्थ्य बीमा गराउने भन्दै सरकारी अभियान पुगेपछि निशूल्क स्वास्थ्य सेवा लगायतको प्रलोभनका कारण नै भएपनि मानिसहरुले आफ्नो स्वास्थ्य बीमा गराइरहेका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …