• Image may contain: mountain, sky, outdoor and nature

    लेटाङ नगरपालिका अन्तर्गतको चिसाङ खोलामा सञ्चालित क्रसरको दवदवालाई अनलाई टिभीका कार्यक्रम जनतास‘ग सिधा कुराका प्रस्तोता रवि लामिछानेको टिमले राम्रो सवक सिकाइदिएको छ । सधैं पैसा र गुण्डाको बलमा मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसरहरुलाई यतिखेर बज्र परेको अनुभुति भएको छ । सबै सरकारी गैर सरकारी निकायहरु, स्थानीय युवाहरु र राजनितिक दलका कार्यकर्ताहरुलाई सामदाम दण्डभेद प्रयोग गरी निर्वाद रुपमा प्राकृतिक स्रोतको दोहन गरी नवधनाडयको रवाफ कायम गर्ने प्रयत्नमा लागेकाहरुको दिमागमा नराम्ररी झट्का लागेको छ । त्यतिमात्र होइन अनेक जालझेल गरी कानुनी प्रक्रृया मिलाएर ठेक्का लगाई नाजायज कमाईमा लिप्त सबै निकायको दातमा ढुृंगा परेको जस्तै भएको छ । सबै खोलामा लगाइएका गाडीहरु मेसीनहरु हटाएर सुनसान भएको छ । यो सन्नाटा हेर्दा लाग्छ यी खोलाहरुले पनि सायद कुनै बलात्कारीहरुको पन्जाबाट मुक्त भएको अनुभतिमा चयनको श्वास लिइरहेका छन् ।

    यो कामको तारिफ जति गरेनी कम छ तर निरन्तरताको र सवल परिणाममा चुनौति छन् । यहा नविक्ने कोही देखिएको छैन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…