• बाहुनडाँगी । दैलेख जेसीजको २० औँ शाखा अधिवेशनबाट अध्यक्ष रमा प्याकुरेल सर्वसम्वत निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न साधारणसभा तथा पदहस्तान्तरण कार्यक्रमबाट प्याकुरेल शाखामा पहिलो महिला अध्यक्षमा निर्वाचित हुने एक मात्र महिला हुन् । शाखाको कार्यकारीणी उपाध्यक्ष राज बिक्रम शाही र प्रकाश पौडेल , उपाध्यक्षमा सुमित्रा श्रेष्ठ, शिबराज खड्का, जीवन सिजापति , मौसम थापा मगर निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष प्याकुरेलले महासचिबमा चेतन थापा र कोषाध्यक्षमा भरत अधिकारीलाई मनोनित गरेकी छिन् ।
    शाखा अध्यक्ष चेतन विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु पुष्कर रूपाखेती , भक्त किशोर श्रेष्ठ, राज कुमार सिजापती, सन्देश श्रेष्ठ, नि बर्तमान अध्यक्ष बिनोद श्रेष्ठलगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…