• बाहुनडाँगी । भद्रपुर जेसीजको अध्यक्षमा अनुज खतिवडा निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको ४३ औँ शाखा अधिवेशनबाट खतिवडालाई वर्ष २०१९ का लागि अध्यक्षमा सर्वसम्वत निर्वाचित गरिएको हो ।
    शाखाको कार्यकारी उपाध्यक्षमा गगनलाल राजभण्डारी र सविता कोइराला उपाध्यक्षहरुमा क्रमश मनोज भट्टराई, उत्सव कोइराला, मनोज तिम्सिना र रमेश कार्की चयन भएको निर्वाचन समितिका संयोजक भरत प्रसाईले जनकारी दिए ।
    जेसीजको महासचिव लगायत अन्य पदाधिकारीहरुलाई यही कार्यसमितिले चयन गर्नेछन् ।
    भद्रपुर जेसिजका सन २०१८ का अध्यक्ष सोम ढुङगेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा भद्रपुर जेसिजका पुर्व अध्यक्षहरु रमेश पोखरेल, भरत प्रसाई, उत्तम कोइराला  लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य अनुज खतिवडाले राखेको कार्यक्रमको सञ्चालन महासचिव हरि कोइरालाले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…