• बाहुनडाँगी । बालकोट जेसीजले तेस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भव्यता पुर्वक सम्पन्न गरेको छ । नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष श्रवणकुमार बास्कोटाले वर्ष २०१९ का अध्यक्ष अनुपम ढुंगानालाई आफ्नो गलामा भएको चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । कार्यक्रममा ढुंगाना सहित ११ सदस्यीय कार्यकारिणी समितिलाई सपथ ग्रहण गराउँदै पदस्थापन गरिएको हो ।
    कार्यक्रममा बिशेष अतिथि सूर्यविनायक नगरपालिकाकी उप– प्रमुख जुना बस्नेत र बालकोट जेसिसको संस्थापक अध्यक्ष रमा प्याखुरेल लगायतको उपस्थिति थियो । कार्यक्रममा सुर्यविनायक नगरपालिकाको उप– प्रमुख जुना बस्नेतले बालकोट जेसीजलाई सधै साथ र सहयोग गर्न आफु उत्सुक रहेको बताउनु भयो । साथै बालकोट जेसिसका नया कार्यसमितिलाई बधाई तथा सुभकामना समेत दिनु भएको थियो ।

    बालकोट जेसीजले आयोजना गरेको कार्यक्रममा जेसीजका बिभिन्न शाखाबाट आएका वर्ष २०१८ का अध्यक्षहरु, बालकोट जेसीज वर्ष २०१८ का बोर्ड सदस्यहरु जेसी श्रवण बास्कोटा, जेसी निस्ता गिरी, जेसी अमृत सिलवाल, जेसी दिवस श्रेष्ठ, जेसी प्रवेश तिमिल्सेना, जेसी आशिष पौडेल, जेसी प्रतिभा थापा, जेसी आरजू दाहाल, जेसी आदित्य दवाडी लगायतलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…