बाहुनडाँगी । बस्तीपुर जेसीजको आठौँ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाले वर्ष २०१९ का लागि सुनिल अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको छ । शाखाको कार्यकारीणी उपाध्यक्षमा विदुर थापा र प्रकाश थोकर, उपाध्यक्षहरुमा अमृत पाठक, रघुनाथ खतिवडा, रमेश उप्रेती र शिवराज उप्रेती सर्वसम्वत निर्वाचित भएका शाखा अध्यक्ष राममनी बर्ताेलाले बताउनु भयो । उहाँका अनुसार बाँकी पदहरु पदस्थापन समारोहमा नव निर्वाचित अध्यक्षले मनोनित गरिने छ ।