गौरादह, २८ पौष । गौरादह जेसिजको बर्ष २०१९ को लागि माधव कोइराला निर्वाचित भएका छन् ।
झापाको गौरादह जेसिसको सातौं शाखा अधिबेसनले शनिबार नेतृत्व चयन गरेको हो । अधिबेशनले बर्ष २०१९ को लागि महत्वपूर्ण मुख्य पदहरुमा निर्वाचन प्रकृयाबाट जिम्मेवारी बाँडफाँड गरेको छ । नयाँ कार्यसमितिको लागि कार्यकारिणी उपाध्यक्षमा ताराकुमार श्रेष्ठ र पुष्पराज गुरगाई निर्वाचित भएका छन् ।
उपाध्यक्षहरुमा क्रमशः मनिता कार्की, जेसी भेषकुमार भारती, भानु आचार्य र ओम कुमार राजवंशी निर्वा्चित भएका छन् भने जनसम्पर्क अधिकारीको लागि युवराज बाँस्तोला निर्वाचित भएका शाखा अध्यक्ष राजु घिमिरेले बताए ।,