• बाहुनडाँगी । अर्जुनधार जेसीज वर्ष २०१९ को अध्यक्षमा टीआर गौतम निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको ७ औँ साधारणसभाबाट गौतमलाईअ अध्यक्षमा सर्वसम्वत चयन गरिएको हो ।

    वर्ष ०१९ लाई अगाडि बढाउन अध्यक्ष गौतमसँगै कार्यकारी उपाध्यक्षद्वयमा जीवन खनाल, रोवक थापा, उपाध्यक्षहरुमा बसन्त बुढाथोकी, सुमन राई, विमला भट्टराई, भीमबहादुर कुँवर निर्वाचित भएका छन् ।

    कानूनी सल्लाहकार, महासचिव र कोषाध्यक्षलाई नवनिर्वाचित अध्यक्षले मनोनयन गर्ने प्रावधान बमोजिम क्रमशः राजन साम्पाङ राई, भास्कर भट्टराई र रुद्र नेपाल (रमेश) लाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिए । यसरी नै सचिवमा निशा तामाङ, जनसम्पर्क अधिकारीमा सुरेश थापा चयन गरिएको निर्वाचन आयुक्त प्रल्हाद ढुंगानाले जानकारी दिए ।

    जेसीजका अध्यक्ष अजय देवको अध्यक्षता र अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना “नविन”को प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य कार्यकारी उपाध्यक्ष टीआर गौतमले गरेका थिए ।

    सभामा जेसीजले वर्ष २०१८मा सम्पन्न गरेको गतिविधिहरुसहित संस्थाको प्रतिवेदन महासचिव देवेन्द्र मैनालीले र सोही वर्षको आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवन खनालले प्रस्तुत गरेका थिए ।

    सभामा नेपाली काँग्रेस झापाकी सदस्य सरस्वती सिटौला गोले, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शंकर सुवेदी, वीरता लेडी जेसीज वर्ष २०१८की अध्यक्ष नम्रता ढकाल, पूर्व अध्यक्ष शार्दुलहाङ ओलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यकारी उपाध्यक्ष भाष्कर भट्टराईले जेसीज आस्था वाचन गरेको सभाको सञ्चालन महासचिव मैनालीले गरेका थिए । सोही सभाले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…