१ मंसिर "शुक्रवार "२०७४
यो विश्व सात बिलियन जनसंख्याको साझा फुलवारी हो,तर यो एकै विश्वमा एकै समय सुर्योदय हुदैन,दुई भागमा विभक्त यो विश्वभित्र हाम्रा सात बिलियन भन्दा बढी मान्छेहरु छन,त्यति नै छुट्टाछुट्टै मानव मुहार ,जिवनशैली र सस्कारहरु छन,पहिचान र धर्म सहितको समाजको एउटा वस्तिमा बस्छौं,जन्माउदै आफ्ना रहर र हुर्काउदै आफ्ना उद्देश्यहरु असन्ख्य सोचहरु एकै पटक जन्मिरहेको विश्व परिवेशका हामी पनि एक प्रतिनिधिपात्रहरु हौं।हाम्रा आफ्नै चालचलन ,रितिरिवाज,परिचय ,सस्कार,धर्मसस् कृतिहरु छन,हाम्रा अत्यन्तै सुन्दर प्रकृतिहरु छन,हामी सग हाम्रो यो खन्डन गरेर नसकिने विविधताहरु शब्दकोषभन्दा बढी छन,हामी मान्छेहरुका सान्निध्यतामा,स र्वोच्चतामा !
हाम्रा चालचलनहरु सबैका सुन्दर छन।हामी हुर्किदै गयौं,हामिले जान्यौं मान्छेले मान्छेलाई छोएर खान नहुने हाम्रो एउटा कुप्रथाको कुसस्कार,अनि भेदभाव,कतै कतै मन्दिरमा छोएको नाममा मान्छे माथी हमला,जति भित्र हामी समाजका घर गाउँ वस्तितिर घुम्छौ अनि देख्छौं यस्ता अन्धविश्वास र कुरितिका आवाजहरु ……… जति हामी समयको बलसंगै हुर्किदै,बढ्दै जान्छौं,जिम्मेवारी र कर्तब्य संगै संघर्षशील यात्रामा हुन्छौं अनि हामिलाई चेताउन थाल्छ राजनितीक,धार्मिक ,सास्कृतिक परिवेशहरुले ……कतै त्यही समाजभित्र धनाढ्य बर्गहरुको एकताले गरिब र निमुखा बर्गको मान्छे माथि शोषण गर्दै गरेको हुन्छ,कतै गरिबले राणा शासनको भन्दा पनि बढी निरङ्कुसताका जिवनहरु बिताउन विवश पूजिवादी मारका कथाहरु यो विश्वका हरेक समाजहरुमा बज्ने समाचारहरु हुन।त्यो हामी हाम्रो समाजभित्र देख्न सक्छौं।पूजिवादक ो निरीह अवशेषको अन्त: नगरी, समानताको बेवास्ता गरेर आउने लोकतान्त्रिक समयको शुद्धीकरण हुन सकेन।अनि समाज भित्र बाट राजनितीक विचारधारा प्रवाह गर्न मन लाग्छ।मुलतः राजनिती भित्र सुशासन हुन्छ भने दलिय लडाइ र धेरै राजनितिक दलहरु हुदैनन कि समृद्दिको होर्डिङ बोर्ड र घोषणा पत्र बोकेर डाडा र टोल हल्लाइरहेका राजनीतिक प्रतिध्वनीहरुलाई मनन गर्दै यि पक्तिहरुको बिच बाट प्रतिनिधि प्रश्न सोध्न मन लागिरहेको छ। कुनै दलले छापेको छ एउटा सुत्र आत्मनिर्भर राज्यको परिकल्पना ???
मौखिक समिद्दीले प्र्याक्टिकल सेल्फ डिपेन्डेन्टको उजागर गर्ने ग्यारेन्टी छ त? छ भने समाजवाद तिरको ट्र्याक्टर चढ्दै कच्ची सडकमा धुलोले छोप्पिएर महङ्गो गाडिमा गुड्दै गरेका राजनितिक दलहरुले यस्ता प्रश्नहरुबारे किन चुनाबमा मात्रै घोषणा पत्र बोक्छन भनेर समाजभित्रका सम्पूर्ण मनहरुले आफुले चुन्दै गरेको जनप्रतिनिधिलाई जिन्दगिको अन्तिम प्रश्न र पहिलो विश्वास दिन जनताले कस्सिएर प्रश्न सोध्नुपर्छ।के के काम गर्नुहुन्छ नेताज्यु भनेर उहाकै हातबाट विजयपश्चात उहाले के गर्छु भन्नुभएको छ,हातले लेख्न लगाएर हस्ताक्षर गराएर मात्रै मत दिनुस आदरणीय मतदाता देशवासीहरु भनेर हामिले हाम्रा दाजुभाइहरुलाई सुझाउन तिर ललागौ कि? केही गरि निर्वाचन विजय गरे पश्चात् ती तपाइले अमुल्य मत दिनुभएको नेता ज्युले एउटा सिफारिसमा पनि हस्ताक्षर नगर्न सक्छन,आफ्नो कुरा सुन्ने र आफुले सिधै भेटेर समस्या समाधान गरिदिने ग्यारेन्टी गराएर मात्रै मत दिनुस भनेर म पनि बिन्ती गर्छु मेरा आफन्त र परिचित सबै आदरणीय मनहरुलाई ।
यहाँनेर देशको नाममा राजनिती घडी घुमेको ६७ वर्ष भैसकेकोले अब जनता शक्ति सम्पन्न र नेता जनताको कामदार बनेनन भने देशको समृद्दी अलिक टाढा हुने पो हो कि? प्रत्यक नागरिकको जिवनको ग्यारेन्टी नगर्ने झुटो राजनितीलाई जनताले सवक सिकाउनुपर्छ।निर ्वाचनमा मात्रै मिठा र स्वादिला कुरा गर्दै आउने नेतालाई जुत्ताको माला र कालो मोसो दलेर लखेट्ने हिम्मत जनताले गर्नुपर्छ,त्यतिबेला त्यही देशको गाउँ वस्तिको सुरक्षाको ग्यारेन्टी लिएर बसेको पुलिसले जनता माथी लाठीचार्ज गर्नु हुदैन,गोलि पड्काउनु हुदैन,जनताले गलत सावित गरेको नेता जोगाएर महान जनतालाई आक्रमण गर्न सुरक्षा जानू हुदैन बरु अनुसन्धान तिर पठाउनुपर्छ त्यस्ता झुठका हिराहरु बाडेर निजि स्वार्थको महङ्गो पोजेरो चढ्ने राजनितीक लुट:कै कारण आज आफ्नै देशको यति रमणीय र सुन्दर वस्ती छाडेर झन्डै आधा करोड हाम्रै नेपाली दाजुभाइहरु खाडी भासिनुपर्ने बाध्यताहरुको जन्म भइरहने थिएन।यसर्थ जनताको कमान्डिङमा नेपालको राज्यसत्ता चल्नुपर्छ।त्यसै लाई हामिले हरेक हरफमा डांको छाडेर लेख्न विवश हुनुपरेको ।यहाँनेर हाम्रो देशमा राजनिती गरेर सत्तामा पुग्ने र राजनिती गर्नेहरुको सम्पत्ती देखि हामी सर्वसाधारण सम्मको सम्पत्ती राष्ट्रियकरण गरिनुपर्छ।
अनि कुपोषणका अस्पतालहरु अफै बन्द हुन पुग्नेछन।हाम्रो समाजले आज गरिबिको मार बेहोर्नु परेको छ,परनिर्भरहरुले आफ्नै माटोमा मृत्युवरण गर्न पाएका छैनन।देशमा के के तन्त्र आउदा त्यही देशको नागरिकले बिरानो राज्यमा पिडित र अतिरिक्त मुल्यको घट्टले थिचिएर पसिनाका भेलहरु बगाउनु पर्ने थिएन।समृद्ध घोषणा मात्रै गरेर निर्वाचनमा जाने निर्वाचन पछि विभिन्न सुन्दर सपना देखाएर कू गर्नेहरुका विरुद्द समाजभित्र अर्को क्रान्ती र आन्दोलन चल्नु हरेक राष्ट्रको बाध्यता हो ।यसकारण हामी आम नेपाली नागरिकले यो पटक आफ्नो अमूल्य मत आफ्नो विश्वासलाई दिनुहोस।लहैलहैम ा लागेर आफ्नो चेतनाको दुरुपयोग नगर्नुहोस । तन्त्र र वाद जे जे लेखे पनि जनताले बिहान बेलुका खानु र बाच्नु मात्रै सर्वेसर्वा जस्तो गर्ने राजनिती भित्रका जिम्मेवार केही मान्छेहरुलाई बहिस्कार गर्नुपर्छ।
यहाँन ेर हाम्रो राजनितिले जनताको गास,वास र कपास मात्रै होइन शिक्षा,स्वास्थ्य,रोजगार नि:शुल्कको घोषणा पत्रहरु जनतामा पुर्याएका छन जस्तो लाग्दैन।यहाँनेर कोहि आर्थिक अभावमा अकालमा मर्नुपरेको जनताका पिडाहरु नसुन्ने बहिरो,जनताको आखामा आसुका ढिक्का बगेका मुहार नदेख्ने दृष्टिबिहिनलाई मतदान गर्यो भने मतदान होइन मतदुरुपयोग बन्छ ।यसर्थ: यसपालीको निर्वाचन सम्पन्न भएपछी राजनिती शास्त्रमा संसदीय लोकतान्त्रिक शासन व्यवस्था सस्थागत हुन्छ भने यो निर्वाचन हुन सकेन भने पुनः पुरानो राज्यव्यवस्थाका सत्ता प्रमुखहरु टिभिका समाचारहरु तिर देशवासीलाई सन्देश दिदै हाम्रो लोकतन्त्र र हामीले सुनिरहेको समृद्दीको हरण हुन सक्ने खतरालाई मनन गर्दै अब तपाईं हामिले विश्वास गरेको दलको कसको एजेन्डा महत्वपूर्ण छ मनन गरेर मतदान गर्नुपर्छ।
हामी केही असन्तुष्ट भएर मतदान नगरिकन जे हुदैछ त्यो हुन्छ र निर्वाचनमा कसैको हार जित पक्कै हुन्छ नै।त्यसो त ५० लाख युवाहरुले मतदान नगरेर पनि यो देशको पहिलो चरणको स्थानिय निर्वाचन दुई चरणमा सम्पन्न भैसक्यो र अब पनि निर्वाचन सम्पन्न हुन्छ भने किन बमहरु पड्किन थालेका खबरहरु आइरहेका छन?नेकपाले अपिल गरेको संसदीय निर्वाचनको यो चुनाव बहिस्कार गरेर एकीकृत जनक्रान्ती सस्थागत हुने भए यो पक्तिकारले पनि मतदान बहिस्कार गर्थ्यो कि…… जस्तो लाग्छ।अन्तिम पटक सहि नेता चुनौं,५ वर्ष सम्म अबको सत्ताले जनतालाई धोका दियो भने बरु अर्को आन्दोलन सार्थक होला कि जस्तो लाग्छ।तर हतार गरेर हिंसा भड्काउनु भन्दा धैर्य गरेर आफ्ना मागहरु सम्बोधनको पर्खाइ तिर लागे पो ऐतिहासिक हुन्छ कि भनेर एकता पनि नगर्ने,सहकार्य पनि गर्न नमान्ने कमरेडलाई प्रश्न गर्दै यी पक्तिहरुलाई यहि बिट मार्दछु ।सलाम,जय जनता
-लक्ष्मण चौलागाईं १ मङ्सिर "शुक्रवार " २०७४ भोटेचौर,सिन्धुपाल्चोक हाल- काठमाडौं